भूकम्पपछिको पुनर्निर्माणमा १४ लाखलाई रोजगारी « Khabarhub

भूकम्पपछिको पुनर्निर्माणमा १४ लाखलाई रोजगारी

नेपालीको वैदेशिक रोजगार मोहले पुनर्निर्माणमा खटिने अधिकांश कामदार विदेशी


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पपछिको पुनर्निर्माणका क्रममा १४ लाख मासिले रोजगारी पाएका छन् । पुनर्निर्माण जारी रहेका १४ जिल्लामा नेपाली तथा विदेशी श्रमिकले काम गरिरहेका छन् । यो ४ वर्षको तथ्यांक हो ।

भूकम्पपछि पुनर्निर्माण जारी रहेको ४ वर्षको अवधिमा १४ लाख २० हजार मानिसले रोजगारी पाएको भुकम्प प्रभावित जिल्लामा काम गदै आएको नेसनल डेमोक्रेटिक इष्टिच्यूट फर इन्टरनेसनल अफेयर्स (एनडीआई)ले उल्लेख गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा काम गरिरहेको एनडीआईका अनुसार अहिले पनि ५ लाख ५० हजार मानिस पुनर्निर्माण कै काममा खटिएका छन् ।

पुनर्निर्माणमा विदेशी कामदार

नेपालमा बेरोजगारी समस्या बढेको गुनासो आउने गरेपनि नेपाल भित्रको कामका लागि विदेशी कामदारको भर पर्नुपर्ने बाध्यता रहेको छ । भूकम्पपछिको पुनर्निर्माणमा पनि त्यही देखिएको छ ।

पुनर्निर्माणमा प्रयोग भएका अधिकांश कामदार विदेशी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

मठमन्दिर तथा पुराना सम्पदा निर्माणमा काम गर्ने चित्रकार र मूर्ति बनाउने श्रमिक नेपालमा नपाएपछि बाहिरबाटै आएको प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माणको काममा खटिएका मध्ये झण्डै ७० प्रतिशत कामदार भारत, बंगलादेशबाट आएको प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले जानकारी दिए ।

ऐतिहासिक तथा पुरातात्विक सम्पदा निर्माणका लागि चाहिने कामदारको अभाव रहेको अर्यालले बताए ।

काठमाडौंको धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरबार, नुवाकोट दरबार, स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, पाटनको कृष्ण मन्दिर, हनुमान ढोकाको गद्दि बैठक जस्ता पहिचान बोकेका सम्पदा निर्माण गर्ने जनशक्ति पाउन मुस्किल परेको पनि उनले बताए ।

यी सम्पदाको निर्माणका लागि भुटान र चीनबाट चित्रकार तथा मूर्तिकार आएको प्राधिकरणले जनाएको छ ।

पुरातात्विक महत्व बोकेका मठमन्दिर बनाउन होसियारी र अनुभावी श्रमिक आवश्यक पर्ने परातत्व विभागका सूचना अधिकारी सुरेश कुमार श्रेष्ठले बताएका छन्। पहिचान बोकेका मूर्ति र चित्रकार बनाउने श्रमिकको नेपालमा अभाव भएको उनको भनाइ छ ।

अर्यालले भने, ‘नेपाली युवा विदेश गएका कारण लेबरको काम गर्ने अधिकांश विदेशी छन् । त्यस्तै कलात्मक काम गर्ने मानिस पनि विदेशबाटै खोजेर ल्याउनुपर्ने बाध्यता बन्यो ।’

त्यसमा पनि नेपाली युवाको वैदेशिक रोजगार मोहले नेपालमा चाहिने श्रमिक विदेशबाट ल्याउनुपर्ने बाध्यता उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।

१ लाख ५० हजारलाई सीपमुलक तालिम

सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै स्थानीयलाई सीपमूलक तालिम पनि सञ्चालन गरेको छ ।

विभिन्न संघसंस्था तथा दातृ निकायको सहयोगमा सरकारले सञ्चालन गरेका अभियान अन्तर्गत ४ वर्षको अवधिमा १ लाख ५० हजार मानिसलाई सीपमूलक तालिम दिइएको प्राधिकरणले जनाएको छ ।

पूर्वाधार निर्माणकै क्षेत्रमा काम गर्ने गरी तालिम प्रदान गरिएपनि तालिम लिएका व्यक्ति पुनर्निर्माणको काममा सहभागी भएनभएको तथ्यांक भने सरकारसँग छैन् ।

प्राधिकारणले डकर्मी, सिकर्मीसहित पुनर्निर्माणमा खटिन चाहिने सीप विकास गर्ने गरी तालिम दिएको थियो ।

यसरी तालिम लिएका नेपाली युवा प्राय वैदेशिक रोजगारीमा जाने गरेका छन् । जसका कारण विदेशी श्रमिकका भरमा पुनर्निर्माणमा काम भइरहेको छ ।

पुनर्निर्माणको काममा खटिने कामदारका लागि मासिक २५ करोड ५० लाख रुपैयाँ रकम ज्याला मार्फत खर्च हुँदै आएको छ ।

जसअन्तर्गत दक्ष जनशक्तिले ८ करोड २५ लाख, अदक्ष जनशक्ति जसले शारीरिक काम गर्छन् । उनीहरुले १७ करोड २५ लाख ज्याला लिने गरेका छन् ।

पुनर्निर्माणमा खटिएका कामदारको दैनिक ज्याला ७ रुपैयाँदेखि १ हजार ४ सय रुपैयाँसम्म तोकिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १० : १६ बजे

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर