महिलालाई ठक्कर दिएर भागेको टिपर लुकाएर राखिएको अवस्थामा फेला | Khabarhub Khabarhub

महिलालाई ठक्कर दिएर भागेको टिपर लुकाएर राखिएको अवस्थामा फेला


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको मिनभवनमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको टिपर फेला परेको छ ।

काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको थियो ।

पहिचान नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

महिलालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको थियो । सामान खन्याएर लुकाएर राखिएको अवस्थामा टिपर भेटिएको प्रहरीले जनाएको छ । तर चालक फरार भएका कारण उनको हुलिया बनाएर खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय टिफरले ठक्कर दिँदा धेरै पैदल यात्रु र सवारी चालकले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १ : १० बजे

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना

प्यालेस्टाइनलाई बेलायतले पनि एक राज्यकारूपमा मान्यता दिने

लन्डन – गाजा युद्धलाई लिएर इजरायललाई दबाब दिन धेरै राष्ट्रहरू

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर

भवन जलेपछि गण्डकी प्रदेशसभाको कामकारबाही अनिश्चित

गण्डकी – ‘जेनजी’ प्रदर्शनका क्रममा गण्डकी प्रदेशसभा भवन जलाइएपछि प्रदेशसभा