माल्दिभ्सका पूर्व राष्ट्रपति यामिनलाई रिहा गर्न आदेश « Khabarhub

माल्दिभ्सका पूर्व राष्ट्रपति यामिनलाई रिहा गर्न आदेश


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माले– माल्दिभ्सको उच्च अदालतले पूर्व राष्ट्रपति अब्दुल्लाह यामिनलाई रिहा गर्न आदेश दिएको छ ।

प्रचलित कानूनअनुसार यामिनलाई पर्याप्त आधारबिना एक महिनाभन्दा धेरै समय जेलमा राख्न नहुने भन्दै उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।

यामिनलाई भ्रष्टाचार प्रकरणमा संलग्न रहेको भन्दै गत फेब्रुअरी १८ मा पक्राउ गरिएको थियो । आफ्नो कार्यकालमा एउटा होटेललाई माल्दिभ्सको टापु भाडामा दिने क्रममा अनियमितता गरेको र कालो धनलाई सेतो बनाएको यमिनविरुद्ध अभियोग लागेको छ ।

यामिनको चीनसँग नजिकको सम्बन्ध रहेको बताइन्छ । गत वर्ष भएको निर्वाचनमा उनी अप्रत्याशित रुपमा पराजित भएका थिए ।
आलोचकहरुले उनीमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : ३० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल