लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने : नेपाल लगानी योग्य देश हो « Khabarhub

लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने : नेपाल लगानी योग्य देश हो


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन् । दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आज (शुक्रबार) उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो समयसम्म जारी राजनीतिक अस्थिरता अन्त्य भएको र अब नेपाल आर्थिक विकासका क्षेत्रमा अघि बढ्ने बताए ।

सम्मेलनमा सहभागी लगानीकर्तालाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि उचित वातावरण बनाउन चाहिने कानून निर्माण गरेको र लगानीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए । सम्मेलन उद्घाटनको प्रत्यक्ष प्रसारण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ हेर्नुहोस्

सम्मेलनमा सहभागी लगानीकर्ताहरुलाई अर्थमन्त्री युवराज खतिवडाले स्वागत गरेका थिए । सम्मेलनको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै मन्त्री खतिवडाले यो सम्मेलन लगानी तथा छिमेकी राष्ट्रबीचको आपसी सम्बन्ध विस्तार गर्दै समृद्धि आर्जनको अनुभव आदानप्रदानका लागि महत्त्वपूर्ण हुने बताए ।

सम्मेलना क-कसको सम्बोधन

कार्यक्रममा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, नेपाली कांग्रेसका तर्फबाट डा. रामशरण महत, वर्ल्ड बैङ्कका उपाध्यक्ष हार्टबिग स्याफर, एसियाली विकास बैङ्कका उपाध्यक्ष सिजिन चेन, मेनहार्ट ग्रुपका कार्यकारी अध्यक्ष साहजाद नसिम, मुथुत ग्रुपका अध्यक्ष एमजी जर्ज र इन्भेस्टमेन्ट बोर्डका सीईओ महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ ।

आजै नेपालमा लगानीको अवसरका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, राजस्व सचिव लालशङ्कर घिमिरे, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यले प्लेनरी सेसन सञ्चालन गर्नेछन् ।

आर्थिक रूपान्तरणका लागि विद्युतका विषयमा ऊर्जा मन्त्री वर्षमान पुन, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सागर राज गौतम, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वली, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ, केन्द्रीय विद्युत नियामक आयोगका सचिव सरोजकुमार झा, पावर चाइनाका जनरल म्यानेजर सोङ डोङ सेन, हाइड्रो सोलुसनका कार्यकारी अध्यक्ष ज्ञानेन्द्र लाल प्रदानले प्यारालल सेसनमा भाग लिनेछन् ।

यस्तै साइडलाइन इभेन्टमा (व्यापारमा महिला) राष्ट्रिय सभाकी विमला राई पौड्याल, सीडीसी इन्डियाका श्रीनी नार्गजुन, अक्सिजन बिजनेसका सीईओ सिद्धान्त राज पाण्डे, प्रधानमन्त्रीका वैदेशिक नीतिका सल्लाहकार डा. राजन भट्टराई, पावर चाइनाकी लियाङ यिन, मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेली, साउथ एसियन ओमन डेभलपमेन्ट फोरमकी अध्यक्ष प्रमिला आचार्य, नथनकी शुभन शिव कुमारन सहभागी भई आफ्ना भनाइहरू राख्नेछन् ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ९ : ३६ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी