एसइई परीक्षामा चरम लापरबाही– शनिबार हुने जनसंख्या विषयको प्रश्नपत्र पनि आउट « Khabarhub

एसइई परीक्षामा चरम लापरबाही– शनिबार हुने जनसंख्या विषयको प्रश्नपत्र पनि आउट


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई)को शनिबार हुने स्वास्थ्य तथा जनसंख्या शिक्षा विषयको प्रश्नपत्र पनि आउट भएको छ ।

प्रदेश नम्बर २ अन्तर्गत सञ्चालन हुने परीक्षाका लागि तयार भएको प्रश्नपत्र परीक्षा सञ्चालन हुने दिनभन्दा अगाडि नै बाहिरिएको हो ।

अहिले सामाजिक सञ्जालमा शनिबार हुने स्वास्थ्य तथा जनसंख्या शिक्षा विषयको प्रश्नपत्र शेयर भइरहेको छ ।

यसअघि प्रदेश नम्बर २ मा बिहीबार विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको थियो भने शुक्रबार सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।

प्रश्नपत्र आउट भएपछि बिहीवार विज्ञान र शुक्रबार सामाजिक विषयको परीक्षा रद्द भएको थियो ।

लगातार प्रश्नपत्र आउट हुने क्रम चलेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार केन्द्रीय सुरक्षा समितिको वैठक बसेको थियो ।

शुक्रबारको वैठकले प्रश्नपत्र आउट भएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट अनुसन्धान गराउने, देशभरका सबै परीक्षा केन्द्रका लागि वितरण गरिएका प्रश्नपत्र रुजु गर्नेलगायत निर्णय गरेको ।

केन्द्रीय सुरक्षा समितिको निर्णयानुसार प्रश्नपत्र रुजु शुरु गरिएपनि शुक्रबार पुनः अर्को विषयको प्रश्नपत्र आउट भएको हो ।

शुक्रबार प्रश्नपत्र आउट भएपछि शनिबार हुने स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षा पनि रद्द हुने संभावना छ । यद्यपि यस विषयमा आधिकारिक निर्णय भने भइसकेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : २३ बजे

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

भक्तपुर– आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

काठमाडौं–  २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका