एसइई परीक्षामा चरम लापरबाही– शनिबार हुने जनसंख्या विषयको प्रश्नपत्र पनि आउट | Khabarhub Khabarhub

एसइई परीक्षामा चरम लापरबाही– शनिबार हुने जनसंख्या विषयको प्रश्नपत्र पनि आउट


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई)को शनिबार हुने स्वास्थ्य तथा जनसंख्या शिक्षा विषयको प्रश्नपत्र पनि आउट भएको छ ।

प्रदेश नम्बर २ अन्तर्गत सञ्चालन हुने परीक्षाका लागि तयार भएको प्रश्नपत्र परीक्षा सञ्चालन हुने दिनभन्दा अगाडि नै बाहिरिएको हो ।

अहिले सामाजिक सञ्जालमा शनिबार हुने स्वास्थ्य तथा जनसंख्या शिक्षा विषयको प्रश्नपत्र शेयर भइरहेको छ ।

यसअघि प्रदेश नम्बर २ मा बिहीबार विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको थियो भने शुक्रबार सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।

प्रश्नपत्र आउट भएपछि बिहीवार विज्ञान र शुक्रबार सामाजिक विषयको परीक्षा रद्द भएको थियो ।

लगातार प्रश्नपत्र आउट हुने क्रम चलेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार केन्द्रीय सुरक्षा समितिको वैठक बसेको थियो ।

शुक्रबारको वैठकले प्रश्नपत्र आउट भएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट अनुसन्धान गराउने, देशभरका सबै परीक्षा केन्द्रका लागि वितरण गरिएका प्रश्नपत्र रुजु गर्नेलगायत निर्णय गरेको ।

केन्द्रीय सुरक्षा समितिको निर्णयानुसार प्रश्नपत्र रुजु शुरु गरिएपनि शुक्रबार पुनः अर्को विषयको प्रश्नपत्र आउट भएको हो ।

शुक्रबार प्रश्नपत्र आउट भएपछि शनिबार हुने स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षा पनि रद्द हुने संभावना छ । यद्यपि यस विषयमा आधिकारिक निर्णय भने भइसकेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : २३ बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि