एक पटकलाई केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति, १ सय स्थानीय तहले पठाए पत्र « Khabarhub

एक पटकलाई केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति, १ सय स्थानीय तहले पठाए पत्र


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले केन्द्रीय सरकारले स्थानीयत तहमा रिक्त दरबन्दीमा एक पटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी प्रक्रिया अघि बढाएको समाचार पहिलो पृष्ठमा छापेको छ ।

संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालले स्थगित हुँदै आएको लोसेवाको परीक्षा छिट्टै सुचारु हुने बताएका छन् ।

प्रदेशमा रिक्त दरबन्दीमा केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया थालेको उनले बताए । विभिन्न सय वटा स्थानीय तहले रिक्त कर्मचारीको विवरणसहितको मागआकृति फारम भरेर मन्त्रालमा पठाएको समेत उनले जानकारी दिए ।

त्यसैगरी पत्रिकाले राष्ट्रपतिको चीन भ्रमणमा भएका सम्झौता र सहमतिको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

चिनियाँ लगानीकर्तालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि आग्रह गरेको समाचारमा उल्लेख छ ।

त्यस्तै सम्पत्ति शुद्धीकरणमा भट्टराई शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । वरिष्ठ सहसचिव रुपनारायण भट्टराईले आइतबारदेखि सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागको महानिर्देशका रुपमा कार्यभार सम्हालेको समाचारमा जनाइएको छ ।

त्यस्तै कांग्रेसमा १२ सय उजुरी शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्तसम्म देशभरबाट प्राप्त भएका करिव १२ सय उजुरीका पोको खोल्न शुरु गरेको छ ।

अन्तर्घातका गुनासा, स्वतन्त्र उम्मेदवारी दिएका र पाटी छाडेकालाई पनि कारबाहीको माग गरिएको उजुरी धेरै परेको समाचारमा उल्लेख छ ।

त्यस्तै, सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुँदैछ । वैशाख ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको चौथो अधिवेशन आजबाट शुरु हुने आह्वान गरेकी थिइन ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : ४९ बजे

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत