आयुर्वेदका अनुसार विहान यी काम गर्दा पुग्छ दिनभर फाइदा « Khabarhub

आयुर्वेदका अनुसार विहान यी काम गर्दा पुग्छ दिनभर फाइदा


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ हरेक समय अचार्यको अर्थ हुन्छ त्यसको पालन गर्नु र त्यसको निकट रहनु ।

दिनचर्या आदर्श दैनिक कार्यक्रम हो जो प्रकृतिको चक्रलाई ध्यानमा राख्छ । आयुर्वेद विहानको समयमा केन्द्रीत हुने गरेको छ किनकी विहानीले पूरै दिनलाई नियमित गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

आयुर्वेदका अनुसार दिनचर्या शरीर र मनको अनुशासन हो र यसले प्रतिरक्षा तन्त्र मजबुद हुन्छ । त्यस्ते मल(फोहर) पदार्थबाट शरीर शुद्ध हुन्छ । स्वस्थ दिनचर्याले शरीर र मन शुद्ध हुन जान्छ । दोष सन्तुलित हुन्छ, प्रतिरक्षा तन्त्र मजबूत हुन्छ र दिनको शुरुआत ताजगी हुन्छ ।

विहानमा सरल दिनचर्याको पालन गर्दा तपाईको दिनको शुरुवात आनन्दमय हुन्छ । तपाईको विहानीलाई ताजा बनाउनका लागि कही उपाय अपनाउन जरुरी हुन्छ ।

ब्रह्म मुहूर्त

सूर्योदय भन्दा डेढ घन्टा पहिला उठ्नाले तपाई सूर्यको लयका साथ अघि बढ्न सक्नुहुन्छ । आयुर्वेदमा ब्रह्म मुहूर्तको ठूलो महिमा उल्लेख गरिएको छ । ब्रह्म मुहूर्तको अर्थ हुन्छ ब्रह्मको समय या शुद्ध चेतनाको समय ।

विहान सवेरै उठ्नेलाई आयुर्वेदमा सर्वश्रेष्ठ मानिएको छ । सूर्योदय भन्दा डेढ घन्टा पहिला वातावरणमा विशाल उर्जाको गति भरिन्छ । त्यस्तै सूयोदय भन्दा आधाघन्टा पहिला दोस्रो तहको उर्जा वतावरणमा प्रवाह भइरहेको हुन्छ ।

आशा, प्रेरणा तथा शान्तिका लागि यो उर्जा निकै महत्वपूर्ण हुन्छ ।

यो समय वातावरण शुद्ध, शान्त तथा सुखदायक हुन्छ ।

यो समय ध्यान गर्नाले मानसिक समस्यामा वा समस्यामा समेत सुधार हुन्छ । तनावको विसर्जन हुन्छ ।

योग, प्राणायाम

विहान ब्रह्म मुहूर्तमा उठेपछि योग तथा प्राणायाम गर्न जरुरी छ । आजको व्यस्त जीवन शैलीमा शरीरलाई ठीक राख्न पनि योग र प्राणायामको विशेष महत्व रहेको छ । प्राणायाम श्वासप्रश्वासको एक विशेष विधि हो । योगले शरीरमा उर्जा उत्पन्न गराउँछ ।

सफाई

विहान उठेपछि चिसो पानीले कुला गर्ने गर्नु स्वास्थ्यका हिसावमा राम्रो हुन्छ । त्यस्तै विहान शरीरलाई सफा राख्न सकियो भने दिनभर नै त्यसले स्फूर्ती प्रदान गर्छ त्यसैले विहान योग प्राणायम सकिएपछि नुहाएर शरीरलाई स्वस्थ र सफा बनाउन जरुरी छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ८ : ०४ बजे

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग