भारतमा चौथो चरणको चुनाव आज, ९ राज्यमा ७२ सिटका लागि मतदान « Khabarhub

भारतमा चौथो चरणको चुनाव आज, ९ राज्यमा ७२ सिटका लागि मतदान


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा चौथो चरणको चुनाव शुरु भएको छ । सोमबार(आज) भारतमा लोकसभाका लागि ९ राज्यमा चुनाव हुन लागेको हो ।

७२ संसदीय सीटका लागि विहानै देखि मतदान शुरु भएको छ । जसमा महाराष्ट्रको १७, राजस्थान तथा उत्तर प्रदेशको १३–१३ पश्चिम वंगालको ८, मध्य प्रदेश तथा ओडिसाको ६–६, विहारको पाँच र झारखण्डको तीन सिटका लागि मतदान भइरहेको हो ।

जम्मू कश्मीरको अनन्तनाग सीटमा पनि मतदान जारी छ । अनन्तनाग सीटमा तीन चरणमा चुनाव भाइरहेको छ ।

बीजेपी तथा उसको गठवन्धनका लागि यो चुनाव निकै महत्वपूर्ण मानिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । किनकी २०१४ को लोकसभा चुनावमा यी ७२ मध्ये ५६ सीटमा उनीहरुले जित निकालेका थिए ।

बाँकी १६ सिटमा कांग्रेसले जीत निकालेको थियो । चौथो चरणमा पूर्व केन्द्रीय मन्त्रीहरु सलमान खुर्शीद, श्रीप्रकाश जयसवाल, यूपीका मन्त्री सत्यदेव, सपाकी डिम्पल लगायका व्यक्तिहरु चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : ५२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,