एनटीसीको अन्तर्राष्ट्रिय रोमिङ सेवा, विदेश जाँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सकिने « Khabarhub

एनटीसीको अन्तर्राष्ट्रिय रोमिङ सेवा, विदेश जाँदा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सकिने


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– तपाईंसँग नेपाल टेलिकम (एनटीसी)को प्रिपेड सिमकार्ड छ र विदेश जाँदै हुनुहुन्छ भने त्यहाँ गएर अर्को सिम लिनुपर्ने झन्झट अब बेहोर्नुपर्ने छैन ।  किनकि नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।

प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने छ। अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्नेछन् । ‘चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट  ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट  ९० रुपैयाँ लाग्ने छ,’ एनटीसीकी प्रवक्ता प्रतिमा वैद्यले भनिन् ।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट  ५३ रुपैयाँ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट  ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट  ३० रुपैयाँ लाग्ने छ । नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट  १४ रुपैयाँ लाग्ने छ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट  ३९७ रुपैयाँ लाग्ने छ भने एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस  ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस  २४ रुपैयाँ लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ०४ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर