आजको स‌ंसद वैठकमा तीनओटा शोक प्रस्ताव पारित गरिने | Khabarhub Khabarhub

आजको स‌ंसद वैठकमा तीनओटा शोक प्रस्ताव पारित गरिने


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–  संघीय स‌ंसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चौथो अधिवेशन आज (सोमबार) देखि शुरु हुँदै छ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

सोमबार दुवै सदनका बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाइने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै  २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली काङ्ग्रेसको समानुपातिक तर्फबाट निर्वाचित सदस्य दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा गत चैत २६ गते निधन भएकामा उनको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसैगरी बैठकमा  २०४८ सालमा काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा रुद्रमणिशर्मा भण्डारीको ७२ वर्षको उमेरमा गत चैत्र २८ गते निधन भएकामा उनको निधनप्रति पनि शोक प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै  २०४८ र २०५६ सालमा काङ्ग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदय, स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत मन्त्रालयको जिम्मेवारी सम्हालेका नेता रामकृष्ण ताम्राकारको यही वैशाख १० गते ७६ वर्षको उमेरमा निधन भएकामा उनको निधनप्रति पनि शोक प्रस्ताव पारित गरिने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १२ : ३७ बजे

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको