आजको स‌ंसद वैठकमा तीनओटा शोक प्रस्ताव पारित गरिने « Khabarhub

आजको स‌ंसद वैठकमा तीनओटा शोक प्रस्ताव पारित गरिने


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–  संघीय स‌ंसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चौथो अधिवेशन आज (सोमबार) देखि शुरु हुँदै छ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

सोमबार दुवै सदनका बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाइने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै  २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली काङ्ग्रेसको समानुपातिक तर्फबाट निर्वाचित सदस्य दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा गत चैत २६ गते निधन भएकामा उनको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसैगरी बैठकमा  २०४८ सालमा काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा रुद्रमणिशर्मा भण्डारीको ७२ वर्षको उमेरमा गत चैत्र २८ गते निधन भएकामा उनको निधनप्रति पनि शोक प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै  २०४८ र २०५६ सालमा काङ्ग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदय, स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत मन्त्रालयको जिम्मेवारी सम्हालेका नेता रामकृष्ण ताम्राकारको यही वैशाख १० गते ७६ वर्षको उमेरमा निधन भएकामा उनको निधनप्रति पनि शोक प्रस्ताव पारित गरिने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १२ : ३७ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।