शाहरुख खानका छोरालाई खुशी कपूरले ‘रिजेक्ट’ गरिन्, यी स्टार किड रोजिन् « Khabarhub

शाहरुख खानका छोरालाई खुशी कपूरले ‘रिजेक्ट’ गरिन्, यी स्टार किड रोजिन्


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री जाह्नवी कपूरले फिल्म ‘धडक’ बाट बलिउडमा कदम राखिन् । जाह्नवीपछि अब उनकी बैनी खुशी कपूर पनि फिल्म क्षेत्रमा छिट्टै आउँदैछिन् । हालै यी दुई बहिनी एक कार्यक्रममा एकसाथ देखिएका थिए । दुईले उक्त कार्यक्रममा आफ्नाबारे धेरै कुरा सुनाए ।

त्यही सिलसिलामा खुशीले आफू बलिउडमा आउन तयार भएको बताइन् । खुशीले भनिन्, ‘म छिट्टै बलिउडमा डेब्यु गर्दैछु, पहिलो फिल्म करण जोहरसँगै गर्न चाहन्छु, तर मलाई थाहा छ, मेरो हिरो को हुने भन्नेमा बुबाले नै निर्णय गर्नुहुनेछ, उहाँले मेरो करिअरलाई लिएर निकै ख्याल गर्नुहुन्छ ।’

उनले अगाडि भनिन्, ‘मान्छेले मेरो बारेमा कुरा गरिरहेका हुन्छन्, उनीहरु चाहन्छन् कि म पनि बलिउडमा डेब्यु गरुँ, यो मलाई रमाइलो लाग्छ, यस्तो सुन्दा मजा आउँछ ।’

शो की होस्ट नेहा धुपियाले खुशीलाई तीन अप्सन दिँदै सोधिन् कि, उनी कोसँग फिल्ममा डेब्यु गर्न चाहन्छिन् – शाहरुख खानका छोरा आर्यन खान, चंकी पाण्डेका छोरा अहान पाण्डे या जावेद जाफरीका छोरा मिजान जाफरी ?

यसमा भने खुशीले अहान पाण्डेको नाम चुनिन् । खुशीले भनिन्, ‘मैले यी तीनमा केवल अहानलाई अभिनय गरेको देखेकी छु, त्यसैले मलाई लाग्छ यही नै सुरक्षित अप्सन हुनेछ ।’

बलिउडमा पछिल्लो समय खुशी र आर्यनले एकसाथ फिल्ममा डेब्यु गर्ने हल्ला पनि फिल्ममा चलेको थियो । तर, खुशीले भने आर्यनलाई चुनिनन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ३ : २० बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी