राप्रपासम्वद्ध विद्यार्थी संगठनद्वारा अख्तियार कार्यलय घेराउ « Khabarhub

राप्रपासम्वद्ध विद्यार्थी संगठनद्वारा अख्तियार कार्यलय घेराउ


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको कार्यशैलीको विरोध गर्दै राप्रपा (संयुक्त)सम्बद्ध विद्यार्थी संगठनले अख्तियारको कार्यालय घेराउ गरेका छन् ।

सरकार भ्रष्टाचारी, दलाल, बलात्कारीको संरक्षक भएको आरोप लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

सरकारले सुनियोजित र नीतिगत रुपमै भ्रष्टाचारलाई संस्थागत गर्दा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुकदर्शक बनेको भन्दै युवाहरुले आज विरोधस्वरुप अख्तियार परिसर घेराउ गरेको जनाएका छन् ।

राप्रपा (संयुक्त) सम्वद्ध विधार्थी संगठन र युवक संगठनद्वारा आयोजित विरोध कार्यक्रमको दौरान युवाहरुले मुलुकमा व्याप्त भ्रष्टाचारको विरोध गर्दे अख्तियार प्रवक्ता प्रदिप कोइराला समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा सत्ता पक्ष र प्रतिपक्षको राष्ट्रिय सहमति रहेको वाइड बडी प्रकरण, बालुवाटार जग्गा काण्ड लगायतका अनियमिततामा कारवाहीको माग गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ४७ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको