विप्लवसँग वार्ता गर्न सरकार गम्भीर बनेन– पौडैल « Khabarhub

विप्लवसँग वार्ता गर्न सरकार गम्भीर बनेन– पौडैल


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

डोटी– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको बताए ।

देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा उनको जोड थियो । “विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ” नेता पौडेलले भने ।

सरकारले ‘विप्लव’माथि नियन्त्रण गर्न प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वमा फसाउन सरकार उद्यत रहेको समेत आरोप लगाए । उनले हिंसाको राजनीति त्यागेर सबैलाई शान्तिपूर्ण राजनीतिमा आउनसमेत आह्वान गरे ।

नागरिकलाई सुरक्षा दिन सरकार पूर्णरुपमा असफल भएको बताउँदै नेता पौडेलले ‘विप्लव’ लाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ११ : ०७ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले