कोरियाको काङनाम विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान | Khabarhub Khabarhub

कोरियाको काङनाम विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई केरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि(पीएचडी) प्रदान गरेको छ ।

बुधबार(आज) एक कार्यक्रमको आयोजना गरि विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिले विभुषित गरेको हो । प्रधानमन्त्री ओलीको यो चौथो मानार्थ विद्यावारिधि हो ।

सत्तरी वर्ष लामो इतिहास भएको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई राजनीतिक योगदानका लागि विद्यावारिधि प्रदान गरेको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो जीवनको लामो कालखण्ड राजनीतिमा समर्पण गरेको, माआवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन, देशमा गणतन्त्रस्थापना गर्न लगायका राजनीतिक कदममा सफता हासिल गरेको भन्दै विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको हो ।

यसअघि ओलीलाई कोस्टारिकाको शान्ति विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको थियो भने भारतको गोविन्द बल्लभ पन्त कृषि तथा प्राद्धौगिक विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।

यसअघि अमेरिकामा रहेको ग्रिनफोट विश्वविद्यालयले पनि ओलीलाई मानर्थ विद्यावारिधिबाट विभूषित गरेको थियो तर उक्त विश्वविद्यालयले प्रदान गरेको विद्यावारिधि विवादमा परेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १२ : २३ बजे

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको