कोरियाको काङनाम विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान « Khabarhub

कोरियाको काङनाम विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई केरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि(पीएचडी) प्रदान गरेको छ ।

बुधबार(आज) एक कार्यक्रमको आयोजना गरि विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिले विभुषित गरेको हो । प्रधानमन्त्री ओलीको यो चौथो मानार्थ विद्यावारिधि हो ।

सत्तरी वर्ष लामो इतिहास भएको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई राजनीतिक योगदानका लागि विद्यावारिधि प्रदान गरेको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो जीवनको लामो कालखण्ड राजनीतिमा समर्पण गरेको, माआवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन, देशमा गणतन्त्रस्थापना गर्न लगायका राजनीतिक कदममा सफता हासिल गरेको भन्दै विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको हो ।

यसअघि ओलीलाई कोस्टारिकाको शान्ति विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको थियो भने भारतको गोविन्द बल्लभ पन्त कृषि तथा प्राद्धौगिक विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।

यसअघि अमेरिकामा रहेको ग्रिनफोट विश्वविद्यालयले पनि ओलीलाई मानर्थ विद्यावारिधिबाट विभूषित गरेको थियो तर उक्त विश्वविद्यालयले प्रदान गरेको विद्यावारिधि विवादमा परेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १२ : २३ बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट