पानीका मुहान सुके, एक गाग्रो पानीकालागी घन्टौं हिँड्नुपर्ने बाध्यता « Khabarhub

पानीका मुहान सुके, एक गाग्रो पानीकालागी घन्टौं हिँड्नुपर्ने बाध्यता


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि स्थानीयवासीलाई दुई घण्टा टाढाको खोलाबाट पानी बोकेर पिउनुपर्ने बाध्यता भएको छ । जाजरकोटको कुशे गाउँपालिका–१ स्याङ्गीधाउनीका एक सय घरपरिवारलाई खानेपानीको जोहो गर्न सास्ती भएको छ ।

अग्लो टाकुरोको बस्ती त्यसैमा सुख्खा र खडेरीले आसपासका मुहान सुक्दा समस्या भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए । उनका अनुसार स्थानीयवासीले गाउँबाट टाढा रहेका कुवा र नाउलोबाट पानी बोकेर ल्याउने गरेको छ।

पानी अभावको समस्या वडा कार्यालय र विद्यालयमा समेत परेको छ। पानी अभावले गाउँभरका शौचालय प्रयोगविहीन भएका छन् । सात किलोमिटर दूरीको लडा लेकको खानेपानी योजना निर्माण नगरेसम्म समस्या भइरहने स्थानीयवासीको भनाइ छ। बजेट अभाव देखाउँदै स्थानीय तहले खानेपानी योजना निर्माणमा चासो नदेखाएको उनीहरूको गुनासो छ।

पानी अभावले गणेश आधारभूत विद्यालय स्याङ्गीका विद्यार्थीले दिवा खाजासमेत खान पाएका छैनन्। बोकेर ल्याएको पानीले डेढसय विद्यार्थीलाई पकाएर खुवाउन नसक्दा दिवा खाजा बन्द गर्न बाध्य भएको प्रधानाध्यापक उत्तमीलाल यादवले बताए ।

त्यस्तै कुशे–८, जिन्तालामा पनि खानेपानीको हाहाकार मच्चिएको छ । पुरानो खानेपानी योजनाको मुहान सुक्दा र नयाँ योजना निर्माणमा बजेट नहुँदा जिन्तालामा खानेपानीको अभाव भएको हो ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १ : ४२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन