बृद्धभत्ता १ हजार बढेर ३ हजार पुग्यो « Khabarhub

बृद्धभत्ता १ हजार बढेर ३ हजार पुग्यो


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्तामा १ हजार रुपैयाँ बृद्धि गरेको छ ।

यसअघि सरकारले ज्येष्ठ नागरिकलगायतलाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएकोमा उक्त रकम १ हजार बढाएर ३ हजार पुर्‍याइएको हो ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बृद्धभत्ता १ हजार रुपैयाँले बढाइएको बताए ।

सरकारले बृद्धभत्ता बढाउँदा १३ लाख ज्येष्ठ नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने पनि जनाएको छ ।

अति असक्त, अपाङ्गता भएका, एक महिला, लोपोन्मुख जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा पनि मासिक १ हजार बढाइएको अर्थमन्त्रीले घोषणा गरे ।

अर्थमन्त्रीका अनुसार यसबाट करिब ९ लाख व्यक्ति लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ३८ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि