कुन सडकलाई कति पर्‍यो बजेट ? | Khabarhub Khabarhub

कुन सडकलाई कति पर्‍यो बजेट ?


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —सरकारले विभिन्न सडकहरुको निर्माण र स्तर उन्नतिको लागि बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संघीय स‌ंसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गर्ने जनाएका छन् ।

पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले संसदमा जानकारी दिए ।

यसका साथै उनले यस्तै मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट छुट्याइएको जानकारी दिए ।

त्यसतैगल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड, मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड र बीपी राजमार्गको लागि ९६ करोड बजेट बिनियोजन गरिएको उनले जानकारी दिए ।

टोखा-छहरे सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण गर्नका लागि बजेट छुट्याइएको अर्थमन्त्रीले संसदलाई जानकारी गराए ।

हरेक निर्वाचन क्षेत्रमा एक रणनीति सडक निर्माण अगाडि बढाइने उनले बजेटमा जानकारी दिए । प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा रहेका पुलको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने बजेट भाषणमा उल्लेख गरिएको छ । त्यसतै २ सय पुल निर्माण गर्न ७ अर्ब ४७ करोड बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

यसका साथै रेल र जल यातायातको लागि१ खर्ब ६३ अर्ब बिनियोजन गरिएको छ । उनले उच्च प्रविधि युक्त आयोजनालाई उपकरण उपलब्ध गराउन पूर्वाधार निर्माण कम्पनी सञ्चालनमा ल्याइने जनाए ।

-काठमाडौ लाई चीन र भारत दुवै तिर जोड्ने गरी २ वर्षभित्र निर्माण सुरु गरिने बजेटमा उल्लेख गरिएको छ । सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने बजेटमा उल्लेख गरिएको छ । सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने मन्त्री खतिवडाले उल्लेख गरे ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ४१ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता