बिग्रिएको बाटो बनाउन पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने « Khabarhub

बिग्रिएको बाटो बनाउन पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संघीय स‌ंसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने बताएका हुन् ।

उनले सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने बजेटमा उल्लेख गरे । सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने मन्त्री खतिवडाले उल्लेख गरे ।

यसका साथै सरकारले विभिन्न सडकहरुको निर्माण र स्तर उन्नतिको लागि बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संघीय स‌ंसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गर्ने जनाएका छन् । पूर्व-पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोज गरेको उनले संसदमा जानकारी दिए ।

यसका साथै उनले यस्तै मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड बजेट छुट्याइएको जानकारी दिए ।

त्यसतैगल्छी त्रिशुली मैलुङ सडकलाई १ अर्ब ५८ करोड, मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड र बीपी राजमार्गको लागि ९६ करोड बजेट बिनियोजन गरिएको उनले जानकारी दिए ।

टोखा-छहरे सुरुङ मार्गको विस्तृत अध्ययन गरी निर्माण गर्नका लागि बजेट छुट्याइएको अर्थमन्त्रीले संसदलाई जानकारी गराए । हरेक निर्वाचन क्षेत्रमा एक रणनीति सडक निर्माण अगाडि बढाइने उनले बजेटमा जानकारी दिए ।

प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा रहेका पुलको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने बजेट भाषणमा उल्लेख गरिएको छ । त्यसतै २ सय पुल निर्माण गर्न ७ अर्ब ४७ करोड बजेट बिनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

यसका साथै रेल र जल यातायातको लागि१ खर्ब ६३ अर्ब बिनियोजन गरिएको छ । उनले उच्च प्रविधि युक्त आयोजनालाई उपकरण उपलब्ध गराउन पूर्वाधार निर्माण कम्पनी सञ्चालनमा ल्याइने जनाए ।

-काठमाडौ लाई चीन र भारत दुवै तिर जोड्ने गरी २ वर्षभित्र निर्माण सुरु गरिने बजेटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ४९ बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल