बजेटमा खेलकुद क्षेत्रलाई ३ अर्ब ९९ करोड | Khabarhub Khabarhub

बजेटमा खेलकुद क्षेत्रलाई ३ अर्ब ९९ करोड


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/७७ मा खेलकुद क्षेत्रका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदमा बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै नेपालले आयोजना गर्न लागेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई सफल पार्न आवश्यक बजेट विनियोजन गरेको बताए ।

यस्तै, नवौं राष्ट्रिय खेलकुदका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए । अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा क्रिकेटको विकासलाई प्राथमिकतामा राखिएको छ ।

मूलपानीमा निर्माणाधीन प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २ वर्षभित्र सम्पन्न गर्न १० करोड विनियोजन गरिएको जानकारी दिए । निजी क्षेत्रको सक्रियतामा हुने क्रिकेटलगायतका खेलको खेलमैदान निर्माणलाई सरकारले प्रोत्साहन गर्ने नीति लिएको बजेटमा उल्लेख छ ।

क्रिकेटको विकासका लागि एकेडेमी स्थापना गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए । त्यस्तै, प्रदेश स्तरीय रंगशाला, प्रदेश तथा स्थानीय तहको सह लगानीमा खेलग्रामको विकासका लागि ४० करोड बजेट छुट्याएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : १५ बजे

साउनको सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल साउन १२ गते सोमबार। साउन

आज २०८२ साल साउन १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १२ गते सोमबार। साउन

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल