बजेटमा खेलकुद क्षेत्रलाई ३ अर्ब ९९ करोड « Khabarhub

बजेटमा खेलकुद क्षेत्रलाई ३ अर्ब ९९ करोड


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७६/७७ मा खेलकुद क्षेत्रका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदमा बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै नेपालले आयोजना गर्न लागेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई सफल पार्न आवश्यक बजेट विनियोजन गरेको बताए ।

यस्तै, नवौं राष्ट्रिय खेलकुदका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए । अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा क्रिकेटको विकासलाई प्राथमिकतामा राखिएको छ ।

मूलपानीमा निर्माणाधीन प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २ वर्षभित्र सम्पन्न गर्न १० करोड विनियोजन गरिएको जानकारी दिए । निजी क्षेत्रको सक्रियतामा हुने क्रिकेटलगायतका खेलको खेलमैदान निर्माणलाई सरकारले प्रोत्साहन गर्ने नीति लिएको बजेटमा उल्लेख छ ।

क्रिकेटको विकासका लागि एकेडेमी स्थापना गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए । त्यस्तै, प्रदेश स्तरीय रंगशाला, प्रदेश तथा स्थानीय तहको सह लगानीमा खेलग्रामको विकासका लागि ४० करोड बजेट छुट्याएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : १५ बजे

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट– बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर

रविको निर्देशन : दलको नेता छान्नै बाँकी छ, आफूखुसी मन्त्री घोषणा गर्दै नहिँड्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्री

माउन्टेन ड्युको ‘पिक्स अफ करेज’ अभियानको स्पाइक्स एसियामा ४ अवार्ड जित

काठमाडौं- माउन्टेन ड्यु नेपालको ‘पिक्स अफ करेज’ अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित

पल शाह फिचर्ड ‘राम कसम’ सार्वजनिक

काठमाडौं – नायक पल शाह फिचर्ड म्युजिक भिडियो ‘राम कसम’