कोटेश्वर पुगेर प्रधानमन्त्रीले रुख रोपे « Khabarhub

कोटेश्वर पुगेर प्रधानमन्त्रीले रुख रोपे


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडक खण्डमा आज वृक्षरोपण गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । वृक्षरोपण गर्दै उनले यसबाट काठमाडौँ उपत्यकलाई हराभरा पार्न मद्दत पुग्ने बताए।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीय मन्त्री शक्तिबहादुर वस्नेत, गहृ मन्त्री रामबहादुर थापा, अर्थ मन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षरोपण गरेका छन् ।

चालु आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक खण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार सात सय बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालु आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १० : २७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी