दाङमा जीप दुर्घटना, चालकको मृत्यु « Khabarhub

दाङमा जीप दुर्घटना, चालकको मृत्यु


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दङ्गीशरण–७ श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दङ्गीशरण–७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गाडी अनियन्त्रित भई बिहान साढे ८ बजे दुर्घटना हुँदा गम्भीर घाइते ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । रा १ ज ४३६ नं को जीप दुर्घटनामा परेको हो । जीपमा अन्य तीन जना सवार रहेपनि अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रशासन प्रमुख सवार गाडी दुर्घटना

इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यादव सुवेदी सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर कल्भर्टबाट सुवेदी सवार रा १ झ ९९ नं को सरकारी कार दुर्घटनामा परेको हो ।

आज तुलसीपुरबाट घोराही जाँदै गर्दा बिहान सडकमा चिप्लिएर कार दुर्घटनामा पर्दा प्रमुख सुवेदी घाइते भएका छन् । उनलाई अहिले राप्ती प्रादेशिक अस्पतालमा राखिएको र थप उपचारका लागि काठमाडौँ पठाउन लागिएको इलाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । सुवेदीको टाउकोमा चोट लागेको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १२ : ४१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी