जीप दुर्घटनामा १ जनाको मृत्यु « Khabarhub

जीप दुर्घटनामा १ जनाको मृत्यु


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– शनिबार विहान बागलुङको बरेङमा भएको यात्रुबाहक जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध १ ज ४९१ नम्बरको जीप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँ बजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रोकी राखेको जीप अचानक गुडेर पल्टिँदा खत्रीको मृत्यु भएको हो । दुर्घटनामा  अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ । गाडी सुदला चोकमा रोकेर राखेर चालक हीरा काउचा यात्रु बोलाउन बेला गाडी गुडेर पल्टेको थियो ।

मृत्तक खत्रीले जीपबाट हामफाल्दा छातीमा चोट लागेको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीचौकी बरेङ डाँडाले जनाएको छ । दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छिन् । उनलाई उपचारको लागि पाल्पा पठाइएको छ । जीपमा चार जनायात्रु सवार थिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  २ : ४१ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी