सिन्धुपाल्चोक कारागारमा क्षमताभन्दा १५ गुणा बढी कैदीबन्दी « Khabarhub

सिन्धुपाल्चोक कारागारमा क्षमताभन्दा १५ गुणा बढी कैदीबन्दी


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित कारागारमा क्षमता भन्दा १५ गुणा बढी कैदीबन्दी राखिएको छ । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले नवनिर्मित पुरुष कारागार भवन भत्केपछि ७ महिला बन्दीका लागि निर्माण गरिएको कारागार भवनमा हाल १ सय ५ जना कैदीबन्दी राखिएको कारागार कार्यालयका प्रमुख विश्वश्वर रेग्मीले बताए ।

उक्त भवन पनि भूकम्पले चर्केका कारण पानी चुहिने हुँदा बजेट अभावका कारण प्लास्टिक ओढाएर कैदीबन्दीको सुरक्षा गर्न परेको कार्यालय प्रमुख रेग्मीले जानकारी दिए । हाल महिला बन्दी नभएका र आइहालेमा स्थान अभावका कारण प्रहरीको हिरासतमा राखी तुरुन्तै विभागमा पठाउने गरेको सो कार्यालयले जनाएको छ ।

कैदीको चापका कारण महिला बन्दीका लागि बनाएका दुई वटा शौचालयमा लामो समयसम्म पालो कुर्नु पर्दा समस्या थियो । यद्यपि हालै मात्र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा थप ३ शौचालय निर्माण भएपछि केही सहज भएको छ ।

त्यसैगरी कम्पाउन्डमा काँडेतार लगाएपछि कम्पाउण्डभित्र सामान्य हिँडडुल गर्नसमेत केही सहज भएको कैदीबन्दीहरुको गुनासो छ ।

भूकम्प आउनासाथ फरार भएका २ सय १६ कैदीमध्ये हालसम्म १ सय २२ जना सम्पर्कमा आइसकेका छन् बाँकी ९४ अझै फरार छन् । त्यसमध्ये सुनकाण्ड लगायतका अपराधमा सजाय भोगिरहेका १२ विदेशी नागरिकसमेत छन् ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ३ : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन