सभामुख महराको चिन्ता– माफियाहरुले देशै हडप्न खोजे « Khabarhub

सभामुख महराको चिन्ता– माफियाहरुले देशै हडप्न खोजे


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्ण बहादुर महराले माफियाहरुले देश नै हडप्न खाजेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिका– ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही मान्छेहरुले देशै हड्प्न खोजेको बताए ।

सार्वजनिक जग्गा, वन, पोखरी , सामुदायिक वन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भइरहेको उल्लेख गर्दै महराले भने, ‘त्यत्ति मात्रै नभई केही मान्छेहरु देशै हडप्न लागेका छन् ।’ उनले यस्तो प्रवृतिलाई ‘राजनीतिक प्रदुषण’ को संज्ञा पनि दिए ।

‘प्रदुषण राजनीतिमा पनि छ । अहिले भर्रखरै यो सामुदायिक कुनै व्यक्तिको नाममा हडप्न खोजेको सुनियो । देशै हडप्न खोजेका छन् केही मान्छेहरुले । माफियाहरुले । यो राजनीतिक प्रदुषण हो,’ सभामुख महराले भने ।

सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, वन , पोखरी लगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले शुरु गरिसकेको पनि बताए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ३ : २४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी