पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु भएको छ ।

शनिवार कैलालीको लम्की–चुहा नगरपालिका–५ स्थित रोरा नदीमा डुबेर वडा नं २ का अमर उपाध्यायका १५ वर्षीय छोरा मिलन उपाध्यायको मृत्यु भएको छ । आज दिउँसो १ बजे नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

शनिबारै लम्की–चुहा नगरपालिका–३ चिसापानीमा रानी–जमरा– कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१० का अन्दाजी २३/२४ वर्षका करण बुढाथोकी र कृष्ण ओली रहेको प्रहरीले जनाएको छ ।

उनीहरु कोहलपुरबाट चिसापानी घुम्न आएको समयमा नहरमा नुहाउन लाग्दा डुबेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र केसीले जानकारी दिए ।

डुबेका उनीहरुको शव प्रहरी र स्थानीयवासीको सहयोगमा नहरबाट निकालिएको र अहिले परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : ४८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी