कुनै पनि राष्ट्र हेपिन मान्दैन, हामी पनि अरुबाट हेपिन चाहँदैनौँ : प्रधानमन्त्री ओली « Khabarhub

कुनै पनि राष्ट्र हेपिन मान्दैन, हामी पनि अरुबाट हेपिन चाहँदैनौँ : प्रधानमन्त्री ओली


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विदेशी कुटनीतिक नियोग र पदाधिकारीलाई अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न सचेत गराएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शनिवार राजधानी काठमाडौंमा गरेको ‘परराष्ट्र नीति राष्ट्रिय संवाद’ कार्यक्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा उल्लंघन गर्दै नेपालको सार्वभौमिकतामाथि नै आँच आउने क्रियाकलाप नहोस् भन्ने आफुले चाहेको स्पष्ट पारे । कुनै पनि मुलुक अरु मुलुकबाट हेपिन नचाहने उल्लेख गर्दै उनले नेपालले पनि त्यस्तो नहोस् भन्ने चाहना राख्ने बताए ।

‘आज पोलिटकल डिप्लोमेसी मात्र छैन । पोलिटिकल डिप्लोमेसीभन्दा अगाडि इकोनोमी डिप्लोमेसी गइरहेको छ । यद्यपि, हामी जस्ता अलिक साना, देश अलि कमजोर देश, अलि पछाडी परेको देशलाई पोलिटिकल इकोनोमी पनि त्यत्तिकै आवश्यकता छ । कुनै पनि राष्ट्र वास्तवमा हेपिन चाहँदैन । हेपिन मान्दैन । हामी पनि हेपिन चाहदैनौँ ।’ प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको परराष्ट्रनीति निर्माण र सञ्चालनमा यथासम्भव साझा दृष्टिकोण बनाई अघि बढ्दा छिमेकी मुलुकलगायत विश्व समुदायको सद्भाव र सहयोग प्राप्त भई देश विकासको गतिलाई तीव्रता दिन सहज हुने बताए ।

कार्यक्रममा आर्थिक कुटनीति अभिमुखीकरण एवम् प्राथमिकताहरु, परिर्वतित भू-राजनीति, जलवायु परिर्वतन तथा श्रम आप्रवासका नवीन चुनौति र क्षेत्रीय तथा बहुपक्षीय मामिलाका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ७ : ३६ बजे

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा