कुनै पनि राष्ट्र हेपिन मान्दैन, हामी पनि अरुबाट हेपिन चाहँदैनौँ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

कुनै पनि राष्ट्र हेपिन मान्दैन, हामी पनि अरुबाट हेपिन चाहँदैनौँ : प्रधानमन्त्री ओली


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विदेशी कुटनीतिक नियोग र पदाधिकारीलाई अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न सचेत गराएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शनिवार राजधानी काठमाडौंमा गरेको ‘परराष्ट्र नीति राष्ट्रिय संवाद’ कार्यक्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा उल्लंघन गर्दै नेपालको सार्वभौमिकतामाथि नै आँच आउने क्रियाकलाप नहोस् भन्ने आफुले चाहेको स्पष्ट पारे । कुनै पनि मुलुक अरु मुलुकबाट हेपिन नचाहने उल्लेख गर्दै उनले नेपालले पनि त्यस्तो नहोस् भन्ने चाहना राख्ने बताए ।

‘आज पोलिटकल डिप्लोमेसी मात्र छैन । पोलिटिकल डिप्लोमेसीभन्दा अगाडि इकोनोमी डिप्लोमेसी गइरहेको छ । यद्यपि, हामी जस्ता अलिक साना, देश अलि कमजोर देश, अलि पछाडी परेको देशलाई पोलिटिकल इकोनोमी पनि त्यत्तिकै आवश्यकता छ । कुनै पनि राष्ट्र वास्तवमा हेपिन चाहँदैन । हेपिन मान्दैन । हामी पनि हेपिन चाहदैनौँ ।’ प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको परराष्ट्रनीति निर्माण र सञ्चालनमा यथासम्भव साझा दृष्टिकोण बनाई अघि बढ्दा छिमेकी मुलुकलगायत विश्व समुदायको सद्भाव र सहयोग प्राप्त भई देश विकासको गतिलाई तीव्रता दिन सहज हुने बताए ।

कार्यक्रममा आर्थिक कुटनीति अभिमुखीकरण एवम् प्राथमिकताहरु, परिर्वतित भू-राजनीति, जलवायु परिर्वतन तथा श्रम आप्रवासका नवीन चुनौति र क्षेत्रीय तथा बहुपक्षीय मामिलाका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ७ : ३६ बजे

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

एजेन्सी– ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६

शिक्षकका माग शीघ्र सम्बोधन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग

काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ– पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित

देशको ५१ प्रतिशत जनसङ्ख्या खना पकाउन दाउरामा निर्भर (तस्बिरहरू) 

काठमाडौं– देशका आधाभन्दा बढी जनसङ्ख्याले खाना पकाउन अझै पनि दाउरा