मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा चार जनाको मृत्यु « Khabarhub

मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा चार जनाको मृत्यु


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको सुनवर्सी नगरपालिका–९ डायनियास्थित मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा आज बेलुका चार मजदुरको मृत्यु भएको छ ।

निर्माणाधीन सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा उनीहरु बेहोस भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनवर्सी नगरपालिका–९ बस्ने २० वर्षीय मोहमद फिरोज आलम, सोही ठाउँका २५ वर्षीय सहनवाद आलम, ४५ वर्षीय कपिल आलम र २२ वर्षीय मोहमद ओसिब आलम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।

अक्सिजनको कमीको कारण बेहोस भएको अवस्थामा फेला परेका उनीहरुलाई तत्काल त्यहाँबाट निकालेर उपचारका लागि विराटनगर लगिएको थियो । सोही स्थान बस्ने ४० वर्षीय दाउत मियाँको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : ४९ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको