व्रत बस्दा के गर्ने ? यस्ता छन् पालना गर्नु पर्ने कुराहरु « Khabarhub

व्रत बस्दा के गर्ने ? यस्ता छन् पालना गर्नु पर्ने कुराहरु


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेषगरी महिलाहरु साउनको महिनामा महादेवको आराधना गरी आफ्ना श्रीमान्को दीर्घायुको लागि व्रत बस्ने गर्छन् । त्यस्तै विवाह नभएका युवतीहरु राम्रो श्रीमान् पाउने मनोकांक्षाका साथ व्रत बस्ने चलन रहेको छ ।

जस्तोसुकै मनासयले व्रत बसेपनि त्यसको विधि भने सिलसिलाबद्ध हुन आवश्यक छ । त्यसैले व्रत बस्नु अघि यी कुराका ध्यान दिनुपर्छ ।

– व्रत बस्नुअघि मानसिक तथा शारीरिक रुपमा तयार हुनुपर्छ । व्रत बसेका बेला शारीरिक श्रम गर्नु उचित हुँदैन । मनलाई शान्त राख्न सक्नुपर्छ र प्रशन्न हुनुपर्छ ।

– त्यसैगरी साउनको सोमवार अथवा जुनसुकै दिन व्रत बस्ने भए २/४ दिन अगावै फलफुल तथा झोलिलो पदार्थको सेवन बढि गर्नुपर्छ । अझ महिनाभरी व्रत बस्ने हो भने त्यसको लागि विशेष तयारी गर्नु आवश्यक हुन्छ ।

– व्रत बसेका बेला एक गिलास दूध, कागती पानी, जुस र फलफुल सेवन गर्न सकिन्छ जसले शरीरलाई आवश्यक पोषक तत्वको कमी हुन दिदैँन । कतिपयले दिनभरी भोकै बस्ने र बेलुकी एक छाक खाना खाने गर्छन् । त्यसरी दिनभर भोकै बसेर राती एकैसाथ धेरै खानेकुरा खानु हुदैँन ।

– व्रत बस्दा बिहान बेलुकी प्रणायाम गर्नु तथा मौन रहनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । साथै शरीर तथा मस्तिष्कलाई पनि भरपूर मात्रामा आराम दिनु राम्रो हुन्छ ।

– व्रत बस्दा मुख दुख्ने तथा दिशा नहुने समस्या आउन सक्छ । यसबाट बच्नका लागि फलफुलको सेवन गर्नुपर्छ ।

– यस्तै व्रत बस्दा पेट दुख्ने, कव्जियत हुने, पिसाब पोल्ने जस्ता समस्या पनि आउन सक्छन् । त्यतो अवस्थामा एकैपटक पानी पिउनको साटो एक गिलास कागती पानी पिएमा स्वास्थका लागि लाभदायी मानिन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १२ : ०८ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र