अदालतमा गलत बकपत्र गर्ने ठेकेदारविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

अदालतमा गलत बकपत्र गर्ने ठेकेदारविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार कम्पनी एमके÷वाईपी जेभीका प्रतिनिधि देवजंग शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्धको भ्रष्टाचार मुद्दामा गलत बकपत्र गरेको पाइएपछि अख्तियारले शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले शाहीविरुद्ध १८ लाख ५० हजार रुपैयाँ बिगो र अधिकत्तम ४ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्धको मुद्दामा शाहीले दावी पक्षका साक्षीका रुपमा बकपत्र गरेका थिए । बकपत्र गर्दा शाहीले अनुसन्धान गरेको कागज व्यहोरालाई अन्यथा हुने गरी प्रतिकूल बकपत्र गरेको अख्तियारको आरोप छ ।

अख्तियारका अनुसार भोजपुर–टक्सार–कोट–गोगने–लेकर्ख सडक स्तरोन्नति योजनाको भुक्तानीका लागि ठेकेदार कम्पनी एमके÷वाईपी जेभीका प्रतिनिधि शाहीले घुसवापत तत्कालीन इन्जिनियर गिरीको बैंक खातामा नगद १८ लाख ५० हजार रुपैयाँ जम्मा गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : १२ बजे

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे