अदालतमा गलत बकपत्र गर्ने ठेकेदारविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा « Khabarhub

अदालतमा गलत बकपत्र गर्ने ठेकेदारविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार कम्पनी एमके÷वाईपी जेभीका प्रतिनिधि देवजंग शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्धको भ्रष्टाचार मुद्दामा गलत बकपत्र गरेको पाइएपछि अख्तियारले शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले शाहीविरुद्ध १८ लाख ५० हजार रुपैयाँ बिगो र अधिकत्तम ४ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्धको मुद्दामा शाहीले दावी पक्षका साक्षीका रुपमा बकपत्र गरेका थिए । बकपत्र गर्दा शाहीले अनुसन्धान गरेको कागज व्यहोरालाई अन्यथा हुने गरी प्रतिकूल बकपत्र गरेको अख्तियारको आरोप छ ।

अख्तियारका अनुसार भोजपुर–टक्सार–कोट–गोगने–लेकर्ख सडक स्तरोन्नति योजनाको भुक्तानीका लागि ठेकेदार कम्पनी एमके÷वाईपी जेभीका प्रतिनिधि शाहीले घुसवापत तत्कालीन इन्जिनियर गिरीको बैंक खातामा नगद १८ लाख ५० हजार रुपैयाँ जम्मा गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : १२ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको