घुस खाने कर्मचारीलाई संरक्षण गरेको प्रमाण ल्याए झुण्डिन तयार छुः मन्त्री अर्याल « Khabarhub

घुस खाने कर्मचारीलाई संरक्षण गरेको प्रमाण ल्याए झुण्डिन तयार छुः मन्त्री अर्याल


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गरेको प्रमाण ल्याए आफू फाँसीमा झुण्डिन तयार रहेको बताएकी छिन् ।

मन्त्री अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागि परेको दावी समेत गरिन् । सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको शुभारम्भ गर्दै उनले कर्मचारीलाई घुस नदिने संकल्प गर्न सेवाग्राहीलाई पनि अपिल गरे ।

सेवाग्राहीले काम छिटो गर्ने नाममा कर्मचारीलाई घुस्याहा बनाएकाले सुशासन कायम गर्न आफूलाई अप्ठयारो परिरहेको मन्त्री अर्यालको गुनासो छ । मन्त्री अर्यालले घुस नलिन कर्मचारीलाई र नदिन सेवाग्राहीलाई पटक–पटक सचेत गराइन् । नदिए कसैले पनि घुस नलिने र नापी तथा मालपोत कार्यालयमा सुशासन कायम हुने मन्त्री अर्यालको भनाइ छ ।

उनले मालपोत तथा नापी कार्यालयको सेवालाई पारदर्शी बनाउन सरकारले प्रविधिमा जोड दिएको पनि स्मरण गराइन् । मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा सबैभन्दा बढि विकृति भित्रिएकाले त्यसलाई अन्त्य गर्न प्रविधिको विकासमा जोड दिनु परेको पनि स्पष्ट पारिन् ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आफूलाई सेवाग्राहीको ठाउँमा राखेर सेवा प्रवाहको कामलाई अघि बढाउन मातहतका कर्मचारीहरुलाई सचेत गराइन् ।

कानुन तथा पूर्वाधारको अभावमा केही समस्या भएपनि विस्तारै सेवा ग्राहीहरुको सेवा प्रभावको कामलाई प्रभावकारी बनाउन सरकार लागि परेको पनि बताइन् ।

यसैबीच, साँखु मालपोत कार्यालयको सेवालाई सहज बनाउन सरकारले ईन्टरनेट सेवाको पनि शुभारम्भ गरेको हो । यस अघि सरकारले काठमाडौंको कलंकी स्थित मालपोत कार्यालयलाई पनि प्रविधिले युक्त नमुना मालपोत कार्यालयको रुपमा घोषणा गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : ०९ बजे

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन