आम निर्वाचन घोषणा गर्ने पेरुका राष्ट्रपतिको प्रस्ताव | Khabarhub Khabarhub

आम निर्वाचन घोषणा गर्ने पेरुका राष्ट्रपतिको प्रस्ताव


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिमा– पेरुका राष्ट्रपति मार्टिन भिस्काराले निर्धारित समय अगावै आम निर्वाचन घोषणा गर्ने प्रस्ताव गरेका छन् ।

मुलुकमा जारी ‘संस्थागत संकट’ समाधानका लागि राष्ट्रपति भिस्काराले आम निर्वाचन घोषणा गर्ने प्रस्ताव गरेका हुन् । पेरुमा सन् २०२१ मा मात्र आम निर्वाचन हुने कार्यक्रम भएपनि राष्ट्रपति भिस्काराले आगामी वर्ष २०२० मा नै आम निर्वाचनको मिति घोषणा गर्ने प्रस्ताव गरेका हुन् ।

परम्परागत स्वतन्त्रता दिवसका दिन सम्बोधन गर्दै राष्ट्रपति भिस्काराले आफ्नो तथा कंग्रेसको कार्यकाल सन् २०२० जुलाई २८ सम्म मात्र रहनेगरी कदम चाल्न लागिएको बताएका हुन् ।

उनले तयार पारेको भ्रष्टाचारविरोधी प्रस्ताव कंग्रेसले पारित नगर्ने भएपछि राष्ट्रपतिको पछिल्लो घोषणा आएको हो । यता विपक्षीहरुले भने राष्ट्रपतिको यो घोषणाको विरोध गरेका छन् । उनीहरुले राष्ट्रपतिको यो घोषणाबाट अनिश्चितता र राजनीतिक संकट बढ्ने चेतावनी दिएका छन् ।

पेरुको कंग्रेसमा विपक्षीको बहुमत रहेकाले राष्ट्रपति र कंग्रेसबीच गतिरोध उत्पन्न हुँदै आएको छ । यसअघि राष्ट्रपति भिस्काराले पटक पटक कंग्रेस विघटन गर्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ०२ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण