आम निर्वाचन घोषणा गर्ने पेरुका राष्ट्रपतिको प्रस्ताव « Khabarhub

आम निर्वाचन घोषणा गर्ने पेरुका राष्ट्रपतिको प्रस्ताव


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिमा– पेरुका राष्ट्रपति मार्टिन भिस्काराले निर्धारित समय अगावै आम निर्वाचन घोषणा गर्ने प्रस्ताव गरेका छन् ।

मुलुकमा जारी ‘संस्थागत संकट’ समाधानका लागि राष्ट्रपति भिस्काराले आम निर्वाचन घोषणा गर्ने प्रस्ताव गरेका हुन् । पेरुमा सन् २०२१ मा मात्र आम निर्वाचन हुने कार्यक्रम भएपनि राष्ट्रपति भिस्काराले आगामी वर्ष २०२० मा नै आम निर्वाचनको मिति घोषणा गर्ने प्रस्ताव गरेका हुन् ।

परम्परागत स्वतन्त्रता दिवसका दिन सम्बोधन गर्दै राष्ट्रपति भिस्काराले आफ्नो तथा कंग्रेसको कार्यकाल सन् २०२० जुलाई २८ सम्म मात्र रहनेगरी कदम चाल्न लागिएको बताएका हुन् ।

उनले तयार पारेको भ्रष्टाचारविरोधी प्रस्ताव कंग्रेसले पारित नगर्ने भएपछि राष्ट्रपतिको पछिल्लो घोषणा आएको हो । यता विपक्षीहरुले भने राष्ट्रपतिको यो घोषणाको विरोध गरेका छन् । उनीहरुले राष्ट्रपतिको यो घोषणाबाट अनिश्चितता र राजनीतिक संकट बढ्ने चेतावनी दिएका छन् ।

पेरुको कंग्रेसमा विपक्षीको बहुमत रहेकाले राष्ट्रपति र कंग्रेसबीच गतिरोध उत्पन्न हुँदै आएको छ । यसअघि राष्ट्रपति भिस्काराले पटक पटक कंग्रेस विघटन गर्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ०२ बजे

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको