समाजवादी पार्टीको पदाधिकारी बैठक : सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिने « Khabarhub

समाजवादी पार्टीको पदाधिकारी बैठक : सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिने


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक आज(बिहीबार) बस्दैछ । बुधबारदेखि नै जारी बैठकमा नेताको कार्यविभाजन, समायोजन, नियमावलीलगायतका विषयमा छलफल भइरहेको नेता शिवजी यादवले जानकारी दिए ।

त्यस्तै बैठकमा सरकारमा भएको सहभागिता र विगतको सहमति कार्यान्वयनमा सरकारले गरेको आलटालका विषयमा पनि कुराकानी भएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपाल हुँदा भएको सहमति कार्यान्वयन नभएपछि पार्टी एकतापछि कार्यान्वयनलाई प्रभावकारी बनाउने भन्ने विषयमा नेतृत्वमा दबाब छ । आजको बैठकमा सरकारमा भएको सहभागिताका विषयमा पनि छलफल हुनेछ ।

डा.बाबुराम भट्टराईसँग पार्टी एकता भएपछि दुवैबीच सरकार छाड्ने अनौपचारिक सहमति गरेपनि त्यो कार्यान्वयन भएको छैन । पार्टी एकीकरणपश्चात् बस्ने पहिलो बैठकबाट सरकार छोड्ने विषयमा निर्णय गर्ने भनिए पनि अहिलेसम्म केही निर्णय हुनसकेको छैन । नेता यादवले भने, ‘हामी एकीकरण हुनु अघि नै सरकारमा सहभागी भएकाले केही कुरामा मतभेद छ । त्यसमा पनि सरकारसँग भएको सहमति अनुसार अघि बढ्न माग गरिरहेका छौं । हामी आशावादी छौं विगतको सहमति कार्यान्वयन हुन्छ । कार्यान्वयन नभएर सरकारमा बसिरहने कुरा आउँदैन ।’

सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाइप्रति समाजवादीमा असन्तुष्टि बढ्दै गएको छ । सरकार छोडेर माग सम्बोधनका लागि सडक र सदनबाट संघर्ष गर्नुपर्ने आवाज पार्टीमा दह्रो रूपमा उठ्दै आएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ २०७५ मा दुई बुँदे सहमति गरेर सरकारमा सहभागी भएको थियो । तर, अहिलेसम्म सहमति सम्बोधन हुन नसकेको उसले जनाएको छ । संविधान संशोधनलगायतका मुद्दा उठाउँदै आएको समाजवादीले सरकारमा सहभागी भएको एक वर्ष बढी समय बिते पनि न माग सम्बोधन गराउन सकेको छ, न त सरकार नै छोडेको छ । यही कारण पार्टीको आलोचनासमेत भइरहेको छ ।

के हुँदैछ राजपासँगको एकता

समाजवादी पार्टी नेपालले पार्टीसँग उद्देश्य मिल्ने दलसँग कार्यगत एकता गर्दै पार्टी एकीकरण गर्ने तय गरेकाले सोही अनुसार कुराकानी अघि बढेको नेता यादवले बताए । अहिले शीर्ष तहमा एकता प्रक्रियाका विषयमा कुराकानी भएपनि एकताको विषयले औपचारिक रुपमा पार्टीमा प्रवेश नपाएको उनले बताए । उद्यपी कार्यगत एकताका लागि नेता राजेन्द्र श्रेष्ठ र रामसहाय यादवसम्मिलित वार्ता टोलीले एकताका लागि पहल अघि बढाएको समाजवादी पार्टी नेपालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : ३२ बजे

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल