समाजवादी पार्टीको पदाधिकारी बैठक : सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिने « Khabarhub

समाजवादी पार्टीको पदाधिकारी बैठक : सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिने


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक आज(बिहीबार) बस्दैछ । बुधबारदेखि नै जारी बैठकमा नेताको कार्यविभाजन, समायोजन, नियमावलीलगायतका विषयमा छलफल भइरहेको नेता शिवजी यादवले जानकारी दिए ।

त्यस्तै बैठकमा सरकारमा भएको सहभागिता र विगतको सहमति कार्यान्वयनमा सरकारले गरेको आलटालका विषयमा पनि कुराकानी भएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपाल हुँदा भएको सहमति कार्यान्वयन नभएपछि पार्टी एकतापछि कार्यान्वयनलाई प्रभावकारी बनाउने भन्ने विषयमा नेतृत्वमा दबाब छ । आजको बैठकमा सरकारमा भएको सहभागिताका विषयमा पनि छलफल हुनेछ ।

डा.बाबुराम भट्टराईसँग पार्टी एकता भएपछि दुवैबीच सरकार छाड्ने अनौपचारिक सहमति गरेपनि त्यो कार्यान्वयन भएको छैन । पार्टी एकीकरणपश्चात् बस्ने पहिलो बैठकबाट सरकार छोड्ने विषयमा निर्णय गर्ने भनिए पनि अहिलेसम्म केही निर्णय हुनसकेको छैन । नेता यादवले भने, ‘हामी एकीकरण हुनु अघि नै सरकारमा सहभागी भएकाले केही कुरामा मतभेद छ । त्यसमा पनि सरकारसँग भएको सहमति अनुसार अघि बढ्न माग गरिरहेका छौं । हामी आशावादी छौं विगतको सहमति कार्यान्वयन हुन्छ । कार्यान्वयन नभएर सरकारमा बसिरहने कुरा आउँदैन ।’

सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाइप्रति समाजवादीमा असन्तुष्टि बढ्दै गएको छ । सरकार छोडेर माग सम्बोधनका लागि सडक र सदनबाट संघर्ष गर्नुपर्ने आवाज पार्टीमा दह्रो रूपमा उठ्दै आएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ २०७५ मा दुई बुँदे सहमति गरेर सरकारमा सहभागी भएको थियो । तर, अहिलेसम्म सहमति सम्बोधन हुन नसकेको उसले जनाएको छ । संविधान संशोधनलगायतका मुद्दा उठाउँदै आएको समाजवादीले सरकारमा सहभागी भएको एक वर्ष बढी समय बिते पनि न माग सम्बोधन गराउन सकेको छ, न त सरकार नै छोडेको छ । यही कारण पार्टीको आलोचनासमेत भइरहेको छ ।

के हुँदैछ राजपासँगको एकता

समाजवादी पार्टी नेपालले पार्टीसँग उद्देश्य मिल्ने दलसँग कार्यगत एकता गर्दै पार्टी एकीकरण गर्ने तय गरेकाले सोही अनुसार कुराकानी अघि बढेको नेता यादवले बताए । अहिले शीर्ष तहमा एकता प्रक्रियाका विषयमा कुराकानी भएपनि एकताको विषयले औपचारिक रुपमा पार्टीमा प्रवेश नपाएको उनले बताए । उद्यपी कार्यगत एकताका लागि नेता राजेन्द्र श्रेष्ठ र रामसहाय यादवसम्मिलित वार्ता टोलीले एकताका लागि पहल अघि बढाएको समाजवादी पार्टी नेपालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : ३२ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका