नेपाल टेलिकमको गुणस्तर सुधारका लागि खबरदारी सभा « Khabarhub

नेपाल टेलिकमको गुणस्तर सुधारका लागि खबरदारी सभा


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वमा रहेको दूर सञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको गुणस्तर खस्किएको सन्दर्भमा नागरिक अगुवाहरुले खबरदारी सभा गर्ने भएका छन् ।

नागरिक अधिकार अभियानको आह्वानमा शुक्रबार (भोलि) भद्रकालीस्थित नेपाल टेलिकमको मुख्य कार्यालय आगाडि खबरदारी सभा गर्न लागिएको हो ।

नेपाल टेलिकमको खस्किँदो तथा गिर्दो अवस्था, दूरसंचार क्षेत्रमा हुने बेथिति तथा भ्रष्टाचार र नागरिक अधिकारको विषयमा गैर राजनीतिक नागरिक खबरदारी तथा सचेतना कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

खबरदारी सभामा डा. सुरेन्द्र केसी, सुकदेव भट्टराइ, वरिष्ठ अधिवक्ता ज्योति बानियाँ, पूर्व मिस नेपाल सुबिन लिम्बु, नागरिक अभियन्ताहरु हरिराम रिमाल, ज्ञानेन्द्र शाही लगायतले धारणा राख्नेछन् ।

खबरदारी सभामा सहभागी हुन सम्पूर्णमा आयोजकले आह्वान गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : ४६ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै