खाना पकाउने क्रममा आगो लाग्दा २ घर जलेर नष्ट « Khabarhub

खाना पकाउने क्रममा आगो लाग्दा २ घर जलेर नष्ट


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको बिन्दवासिनी गाउँपालिकामा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् ।

बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठास्थित महेस पण्डित र ललन पण्डितको घरमा आगलागी हुँदा ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बुधबार साँझ खाना पकाउने क्रममा स्थानीय महेस पण्डितको घरमा आगो लागेको थियो । आगलागीबाट महेसको घरमा रहेको नगद ५० हजारसहित अन्नपात समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै, ललन पण्डितको घरमा आगो लाग्दा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १० : ४१ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र