पासाङल्हामु राजमार्ग सुधार गर्न ढुङ्गा विस्फोटनका लागि प्वाल खोप्ने काम तीव्र « Khabarhub

पासाङल्हामु राजमार्ग सुधार गर्न ढुङ्गा विस्फोटनका लागि प्वाल खोप्ने काम तीव्र


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्रावल भिरमा भासिएको पासाङल्हामु राजमार्ग सुधारको प्रयास जारी रहेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सडक सतह भासिएको स्थानमा तत्काल टेवापर्खा लगाउने सम्भावना नभएकाले कुनातर्फबाट डाइभर्सन गर्न ढुुङ्गाको पहरो फुटाउने प्रयास जारी रहेको छ ।

पहिरोलाई विस्फोटन गराउन मङ्गलबारदेखि शुरू भएको प्वाल खोप्ने काम तीव्ररूपमा भइरहेकाले आज मध्याह्नसम्म विस्फोटन गराउने लक्ष्य लिइएको छ ।

नेपाल चीन केरूङ ओहोरदोहर गर्ने मालवाहक कन्टेनर, यात्रुवाहक बस तथा अन्य सवारीसाधन भने आंशिकरूपमा छोड्ने व्यवस्था मिलाइसकिएको बताउँदै जिल्लाका प्रमुख प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरूष ढकालले पहिरो स्थलमा प्रहरीसमेत परिचालन गरिएको जानकारी दिए ।

पहराको ढुङ्गामा मङ्गलबार र बुधबारको प्रयासबाट पाँच/छ मिटर गहिराइ भएका ४८ वटा प्वाल खोप्ने कार्य सम्पन्न भएको बताइएको छ । आज बिहानसम्ममा थप १५÷१६ प्वाल परेपश्चात् आजै विस्फोटन हुने स्थानीय प्रशासनले बताएको छ ।

पहिरोमा प्वाल पार्ने काममा रसुवागढी हाइड्रो पावरमा कार्यरत चिनियाँ नागरिकसमेत परिचालन गरिएको र विस्फोटन पदार्थ प्रयोगका लागि सोमबारबाटै हेटौंडाको भैँसेमा कार्यरत नेपाली सेनाको कालिप्रसाद इञ्जिनीयरिङ गणका दक्ष जनशक्ति तैनाथ भइसकेका छन् ।

यता लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा कार्यरत नेपाली सेना कालिजङ्ग गणले राजमार्ग व्यवस्थापनमा उल्लेखनीय सहयोग गरिरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

राजमार्ग व्यवस्थित गर्न स्थानीय प्रशासन, नेपाली सेना कालिजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रसुवागढी हाइड्रो पावर र सडक विभागका डोजर तथा स्काभेटर अपरेटर समेतको योगदान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : १९ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय