‘साहो’ ले गर्‍यो हल कब्जा, चपेटामा ‘मारुनी’ « Khabarhub

‘साहो’ ले गर्‍यो हल कब्जा, चपेटामा ‘मारुनी’


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रबारदेखि नेपाली चलचित्र ‘मारुनी’ प्रदर्शनका क्रममा छ । यही मितिमा चलचित्र ‘कबड्डी ३’ पनि प्रदर्शन हुने भनिएको थियो । तर, हिन्दी चलचित्र ‘साहो’ रिलिज हुने भएपछि यो फिल्म पछि हटेको थियो ।

दुई नेपाली फिल्मको एकसाथ टक्कर पर्ने अवस्था त ‘कबड्डी ३’ सरेपछि ट–यो । तर ‘साहो’ ले भने ‘मारुनी’ लाई पछार्ने देखिएको छ ।

नेपालमा मल्टिप्लेक्स हलमा प्रभास स्टारर फिल्म ‘साहो’ को आक्रामक बूकिङ खुलेको छ भने मारुनीले सीमित हल मात्र पाएको छ ।

सबैभन्दा बढी मल्टिप्लेक्स हल भएको क्युएफएक्समा मात्र ‘साहो’ ले शुक्रबार मात्र ३७ शो पाएको छ । यता नेपाली चलचित्र ‘मारुनी’ ले भने जम्मा ८ शो पाएको छ ।

यस वर्ष राम्रै चर्चा पाएको चलचित्र ‘मारुनी’ ले धेरै शो नै नपाएपछि फिल्मको व्यापारमा फाइदा पुग्ने सम्भावना न्यून देखिएको छ । अर्कातिर बूकिङ खुला भइसकेका शोमा पनि दर्शकले टिकट काटेका छैनन् । चलचित्र ‘साहो’ का भने धेरै शो बूक भइसकेका छन् ।

यता दरबारमार्गस्थित क्युज हलमा पनि ‘मारुनी’ ले पनि जम्मा एक शो पाएको छ । साहोलाई भने १० शो दिइएको छ । अरु मल्टिप्लेक्स हलमा ‘मारुनी’ को अवस्था चिन्ताजनक भए पनि अफिसमा भने सिङ्गल थिएटरमा सन्तोषजनक व्यापार गर्ने अनुमान गरिएको छ ।

यसैबीच चलचित्र ‘मारुनी’ का निर्देशन नवल नेपालले हलवालाले आफूलाई निमोठेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई बाले सिकाएनन् कसैको व्यवसायमा हस्तक्षेप गर्न, मलाई आमाले सिकाइनन् कसैको सिर्जनामा आक्रमण गर्न? फेरि पनि मेरो सिर्जना गर्भमै रहँदा किन निमोठिएँ म?’

चलचित्र ‘मारुनी’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको शीर्ष भूमिका रहेको छ । रिलिजअघि भने चलचित्रको राम्रै थियो । यद्यपि ‘बाहुबली २’ बाट चम्केका प्रभासको फिल्म ‘साहो’ ले हल कब्जा गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : ५६ बजे

प्रख्यात भारतीय फिल्म निर्माता पहलाज निहलानीको निधन

काठमाडौं– भारतीय चलचित्र उद्योगका चर्चित निर्माता तथा पूर्व सेन्सर बोर्ड

विद्युतीय पब्लिक गाडी प्रवर्द्धन नारामै विवाद, ५ प्रतिशत करले सेवा दिनै कठिन 

काठमाडौं– साझा यातायातका प्राविधिक सल्लाहकार भूषण तुलाधरले ५ प्रतिशत विद्युतीय

पाकिस्तानको निर्यात मे महिनामा ९.५९ प्रतिशतले बढ्यो

एजेन्सी– पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्ब

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

चितवन– रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको