‘साहो’ ले गर्‍यो हल कब्जा, चपेटामा ‘मारुनी’ | Khabarhub Khabarhub

‘साहो’ ले गर्‍यो हल कब्जा, चपेटामा ‘मारुनी’


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भोलि शुक्रबारदेखि नेपाली चलचित्र ‘मारुनी’ प्रदर्शनका क्रममा छ । यही मितिमा चलचित्र ‘कबड्डी ३’ पनि प्रदर्शन हुने भनिएको थियो । तर, हिन्दी चलचित्र ‘साहो’ रिलिज हुने भएपछि यो फिल्म पछि हटेको थियो ।

दुई नेपाली फिल्मको एकसाथ टक्कर पर्ने अवस्था त ‘कबड्डी ३’ सरेपछि ट–यो । तर ‘साहो’ ले भने ‘मारुनी’ लाई पछार्ने देखिएको छ ।

नेपालमा मल्टिप्लेक्स हलमा प्रभास स्टारर फिल्म ‘साहो’ को आक्रामक बूकिङ खुलेको छ भने मारुनीले सीमित हल मात्र पाएको छ ।

सबैभन्दा बढी मल्टिप्लेक्स हल भएको क्युएफएक्समा मात्र ‘साहो’ ले शुक्रबार मात्र ३७ शो पाएको छ । यता नेपाली चलचित्र ‘मारुनी’ ले भने जम्मा ८ शो पाएको छ ।

यस वर्ष राम्रै चर्चा पाएको चलचित्र ‘मारुनी’ ले धेरै शो नै नपाएपछि फिल्मको व्यापारमा फाइदा पुग्ने सम्भावना न्यून देखिएको छ । अर्कातिर बूकिङ खुला भइसकेका शोमा पनि दर्शकले टिकट काटेका छैनन् । चलचित्र ‘साहो’ का भने धेरै शो बूक भइसकेका छन् ।

यता दरबारमार्गस्थित क्युज हलमा पनि ‘मारुनी’ ले पनि जम्मा एक शो पाएको छ । साहोलाई भने १० शो दिइएको छ । अरु मल्टिप्लेक्स हलमा ‘मारुनी’ को अवस्था चिन्ताजनक भए पनि अफिसमा भने सिङ्गल थिएटरमा सन्तोषजनक व्यापार गर्ने अनुमान गरिएको छ ।

यसैबीच चलचित्र ‘मारुनी’ का निर्देशन नवल नेपालले हलवालाले आफूलाई निमोठेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई बाले सिकाएनन् कसैको व्यवसायमा हस्तक्षेप गर्न, मलाई आमाले सिकाइनन् कसैको सिर्जनामा आक्रमण गर्न? फेरि पनि मेरो सिर्जना गर्भमै रहँदा किन निमोठिएँ म?’

चलचित्र ‘मारुनी’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको शीर्ष भूमिका रहेको छ । रिलिजअघि भने चलचित्रको राम्रै थियो । यद्यपि ‘बाहुबली २’ बाट चम्केका प्रभासको फिल्म ‘साहो’ ले हल कब्जा गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : ५६ बजे

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर– सूर्यविनायक नगरपालिका-६ बस्ने नारायण कृष्ण तोयानाको घरमा विद्युत् सर्ट भई आइतबार

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा

पोखरीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु

सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई