ललितपुरका सार्वजनिक कार्यालय र फुटपाथ अपांगतामैत्री बन्दै « Khabarhub

ललितपुरका सार्वजनिक कार्यालय र फुटपाथ अपांगतामैत्री बन्दै


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–ललितपुर महानगरपालिकाले सार्वजनिक कार्यलय र सडक फुटपाथ अपाङ्तामैत्री बनाउने भएको छ । जापानबाट आएका र नेपालमा ह्विलीलचियर प्रयोगकर्ता महानगरले बनाएको अपागंतामैत्री संरचनाको अवलोकन गर्दै बुधवार ललितपुर महानगर पुगेका थिए ।

जापानस्थित ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’ इरुकाका प्रतिनिधि हिरोआकी इकादाको पनि समेत उपस्थिति थियो । उनी महानगरको भ्रमणमा आएकी थिइन्, तसाइ सुन फान ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले वडा नं ३ मा अपागंतामैत्री फुटपाथ बनाएको र अर्को वडामा बन्दै गरेको बताए ।

यसअघि आफु पनि जापान भ्रमणमा गएको र त्यहाँको सेवासुविधा देखेपछि आफु प्रेरित भएको उनले बताए । ‘अर्को पटक नेपाल आउँदा लिफ्ट प्रयोग गर्न सकिनेछ’ उनले भने ‘विदाको दिन र साझविहान मात्र लिप्टको काम गरिने भएकाले लिफ्ट संञ्चालन अलि ढिला भएको हो’ ।

उनका अनुसार अफिस टाइममा काम गर्न गाह्रो छ, आवाजले का गर्न सकिदैँन, महानगरमा लिफ्ट जडानको काम अन्तिम चरणमा पुग्नेछ ।

महानगरभित्र निर्माण भएका शौचालय अपाङ्गतामैत्री छैनन् । निर्माणका क्रममा रहेका यी शौचालय पनि अपांगतामैत्री बनाउने महानगरको योजना छ । साथै महानगरले छिट्टै अपांगतामैत्री विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।

इन्डिपेन्डेट लिभिङ सेन्टर नेपालका अध्यक्ष भोजराज श्रेष्ठले महानगर अपांगता भएकाहरुप्रति सकरात्मक भएको बताए । ‘महानगरले अपांगता भएकाहरुको संवेदनशीलतालाइ बुझेर काम गरेको उनले भनाइ छ ।

त्यसैगरी इन्डिपेन्डेन्ट लिभिङ सेन्टर इरुकाका कार्यक्रम संयोजक इकेदाले महानगर अपांगता भएकाप्रति संवेदनशील भएकोमा खुसी व्यक्ति गरे ।

‘महानगरसँग हामी कार्य गर्न इच्छुक छौ’ उनले भने ‘यस संस्थाले प्रदान गर्ने अपांगतामैत्री ‘क्याब’ ट्याक्सीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ४३ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा