ललितपुरका सार्वजनिक कार्यालय र फुटपाथ अपांगतामैत्री बन्दै | Khabarhub Khabarhub

ललितपुरका सार्वजनिक कार्यालय र फुटपाथ अपांगतामैत्री बन्दै


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–ललितपुर महानगरपालिकाले सार्वजनिक कार्यलय र सडक फुटपाथ अपाङ्तामैत्री बनाउने भएको छ । जापानबाट आएका र नेपालमा ह्विलीलचियर प्रयोगकर्ता महानगरले बनाएको अपागंतामैत्री संरचनाको अवलोकन गर्दै बुधवार ललितपुर महानगर पुगेका थिए ।

जापानस्थित ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’ इरुकाका प्रतिनिधि हिरोआकी इकादाको पनि समेत उपस्थिति थियो । उनी महानगरको भ्रमणमा आएकी थिइन्, तसाइ सुन फान ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले वडा नं ३ मा अपागंतामैत्री फुटपाथ बनाएको र अर्को वडामा बन्दै गरेको बताए ।

यसअघि आफु पनि जापान भ्रमणमा गएको र त्यहाँको सेवासुविधा देखेपछि आफु प्रेरित भएको उनले बताए । ‘अर्को पटक नेपाल आउँदा लिफ्ट प्रयोग गर्न सकिनेछ’ उनले भने ‘विदाको दिन र साझविहान मात्र लिप्टको काम गरिने भएकाले लिफ्ट संञ्चालन अलि ढिला भएको हो’ ।

उनका अनुसार अफिस टाइममा काम गर्न गाह्रो छ, आवाजले का गर्न सकिदैँन, महानगरमा लिफ्ट जडानको काम अन्तिम चरणमा पुग्नेछ ।

महानगरभित्र निर्माण भएका शौचालय अपाङ्गतामैत्री छैनन् । निर्माणका क्रममा रहेका यी शौचालय पनि अपांगतामैत्री बनाउने महानगरको योजना छ । साथै महानगरले छिट्टै अपांगतामैत्री विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।

इन्डिपेन्डेट लिभिङ सेन्टर नेपालका अध्यक्ष भोजराज श्रेष्ठले महानगर अपांगता भएकाहरुप्रति सकरात्मक भएको बताए । ‘महानगरले अपांगता भएकाहरुको संवेदनशीलतालाइ बुझेर काम गरेको उनले भनाइ छ ।

त्यसैगरी इन्डिपेन्डेन्ट लिभिङ सेन्टर इरुकाका कार्यक्रम संयोजक इकेदाले महानगर अपांगता भएकाप्रति संवेदनशील भएकोमा खुसी व्यक्ति गरे ।

‘महानगरसँग हामी कार्य गर्न इच्छुक छौ’ उनले भने ‘यस संस्थाले प्रदान गर्ने अपांगतामैत्री ‘क्याब’ ट्याक्सीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ४३ बजे

प्रधानमन्त्रीले आज कांग्रेस नेताहरूसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतिसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार