के हो पेनिक अट्याक ? « Khabarhub

के हो पेनिक अट्याक ?


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुटु समबन्धि रोगका कारण वर्षेनी धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।

अस्वस्थकर खानपान, व्यस्त जीवनशैली, व्यायाम र शारीरिक परिश्रमको कमी, तनाव, मध्यपान र धुम्रपानका कारण मानिसहरु रोगी बन्दै गएका छन् ।

मुटुसम्बन्धी समस्या वा हर्टअट्याकका कारण मानिसको ज्यान जाने गर्छ ।

धेरै तनाव वा चिन्ता अर्थात एन्जाइटी भएका व्यक्तिलाई ‘पेनिक अट्याक’ को सम्भावना हुन्छ ।

कुनै विशेष अवस्था वा खतरा विनै नै शरीरमा असजिलो हुनु पेनिक अट्याक हो र यो जुनसुकै बेला पनि हुनसक्ने मनोचिकित्सक बताउँछन् । पेनिक अट्याक भएका व्यक्तिले आफूलाई हृदयघात भएको ठान्ने गर्छन । तर यो जीवन नै जाने खालको हुन्छ तर पीडितले भने आफ्नो ज्यान नै जान लागेको महसूस हुन्छ ।

पेनिक अट्याक भएको केही बेरमा नै यो विस्तारै कम हुँदै जान्छ । पेनिक अट्याक १० देखि बढीमा ३० मिनेट भित्रमा आफै कम भएर जान्छ ।
पेनिक अट्याकको लक्ष्यण हर्टअट्याकको जस्तै भएपनि यो हर्टअट्याक नै होइन ।

के हुन्छ पेनिक अट्याकमा ?

पेनिक अट्याक हुँदा मन आत्तिने हुन्छ । त्यस्तै छाती दुख्ने, स्वास अड्किएको जस्तो वा स्वास रोकिएको जस्तो हुन्छ । छाती भारी हुने, चिटचिट पसिना आउने, कमजोरी महसूस हुने हुन्छ ।

पेनिक अट्याक भएमा आराम गर्नुपर्छ । लामो स्वास फेर्ने र रिलिफ हुने प्रयास गर्नुपर्छ । हल्का पानी पिउन जरुरी हुन्छ । डर र तनावका कारणले हुने हुँदा विरामीलाई हौसला दिने र केही भएको छैन भन्ने विश्वास दिलाउने प्रयास गर्ने । बारम्बार यस्तो भएमा चिकित्सक वा मनोपरामर्शदाता कहाँ जाने ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ३५ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौं– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ