समितिको अत्याधुनिक ७ तले भवन निर्माण हुँदै « Khabarhub

समितिको अत्याधुनिक ७ तले भवन निर्माण हुँदै


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय बीमा समितिले अत्याधुनिक सात तल्ले भवन निर्माण गर्ने भएको छ । समितिले ललितपुरको कुपण्डोलमा आफनै पुरानो भवन भएका ठाँउमा नयाँ भवन बनाउनका लागि टेन्डर आवह्वान गरेको छ । अत्याधुनिक भवन निर्माण ललितपुर महानगरपालिकाबाट सात तल्ले भवन निर्माणको नक्सा पास भइसकेको समितिले जानकारी दिएको छ ।

अत्याधुनिक भवन आगामी तीन वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको समितिले जनाएको छ । बीमा समितिले भवन निर्माणको लागि बिहीबार गोरखापत्रमा सार्वजनिक सूचनामार्फत टेण्डर आह्वान गरिसकेको छ । आगामी सेप्टेम्वर १८ तारेखसम्मको समयसभित्र समितिले टेण्डर आह्वान गरेको छ ।

अन्तर्राष्ट्रिय समेमिनार हलसहित १० हजार बर्ग फिटको भवनमा दुई तल्लो बेसमेन्ट पार्किङ, उर्जाका लागि छतमा सोलार प्लान्ट , फायर फाईटिङ, अपाङ्गमैत्री तथा नेटवर्किङलगायतको सुविधा भएको भवन निर्माण हुने समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ४७ बजे

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी