फिफा विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, कप्तान विराज टिममा परेनन् | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, कप्तान विराज टिममा परेनन्


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –फिफा विश्वकप छनोटको दोस्रो चरण खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

बिहीबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोट अन्तरगत कुवेत र चाइनिज ताइपेइसँग खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

प्रशिक्षक कालिनले नियमित कप्तान विराज महर्जनलाई विश्वकप छनोट अन्त्रगतको खेलमा पनि टिममा राखेका छैनन् भने विमल राना र एलन न्यौपाने पनि टोलीमा पर्न अटाएनन् । कप्तान महर्जन यसअघि मलेसियन क्लवसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा समावेश थिएनन् ।

नेपाली टोली

गोलकिपर: किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, राजिन धिमाल, सुमन अर्याल

मिफिल्डर : सुनिल बल, रवि पासवाङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द

फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

छनोटको समूह बि मा रहेको नेपालले सेप्टेम्बर ५ मा कुवेतसँग र सेप्टेम्बर १० मा ताइपेइसँग खेल्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ४९ बजे

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस

काठमाडौं- नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष