दीपकराज गिरीलाई आफ्नै बोली भारी ! « Khabarhub

दीपकराज गिरीलाई आफ्नै बोली भारी !


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता दीपकराज गिरी आफ्नो फिल्म ‘छ माया छपक्कै’ को प्रचारमा जुटिसकेका छन् ।  यो फिल्ममा दीपेन्द्र लामाको निर्देशन छ भने रोहित अधिकारीको लगानी छ । फिल्म निर्माणको घोषणा गर्नुअघि नै यो फिल्म दशैँमा रिलिज हुने भनिएको थियो ।

तर, दशैँमा बलिउडको मंहगो फिल्म ‘वार’ रिलिज हुने भएपछि गिरीलाई आफ्नो फिल्मको रिलिज मिति तोक्न सकस भएको छ । यतिबेला यो फिल्म अब यो फिल्म असोज २४ मा धकेलिने सम्भावना छ ।

गिरी तिनै अभिनेता हुन्, जसले विदेशी फिल्मले पनि आफ्नो फिल्मलाई कुनै असर नपार्ने बताएका थिए । त्यसो त उनले नेपाली फिल्म एकसाथ रिलिज हुन नहुने धारणा पनि राख्ने गरेका छन् । तर, निर्माण गरिनु अगावै फिल्म दशैँमा रिलिज हुने भनिएकाले गिरीले जुनै हालतमा पनि दशैँमै ल्याउने धेरैको अपेक्षा थियो ।

अब भने दशैँको टीकापछि मात्र फिल्म रिलिज गर्ने तरखरमा निर्माण टिम रहेको छ ।

हुन त यसअघि पनि गिरीले चलचित्र ‘छक्का पञ्जा ३’ को प्रचारका क्रममा राम्रा फिल्म बनाए दशैँ कुर्न नपर्ने भन्दै अर्को वर्षदेखि आफ्ना कुनै फिल्म दशैँमा नआउने बताएका थिए । तर,  यस्तो धारणा राखेको केही समयपछि नै उनको टिमले दशैँमा फिल्म रिलिज हुने बताएको थियो ।

दीपकराज गिरीले विदेशी फिल्मसँग डराउन नहुने बताएका थिए । अहिले भने बलिउडकै फिल्मका कारण उनको टिमले रिलिज मिति तोक्न सकेका छैनन् ।

बलिउड फिल्म ‘वार’ को पनि उत्तिकै चर्चा छ । नेपाली फिल्म उद्योगमा बलिउड फिल्म कतिसम्म हाबी भएको छ भन्ने हेर्न त दशैँ कुर्नपर्ने पनि छैन । भोलि शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘साहो’ का कारण नेपाली फिल्म ‘मारुनी’ चेपुवामा परेको छ ।

यस्तो अवस्थामा प्रतीक्षित बलिउड फिल्म ‘वार’ ले पनि यस्तो अवस्था ल्याउने हो कि भनेर सचेत हुनु सामान्य नै हो । तर, यतिबेला भने दीपकराज गिरीलाई आफ्नै बोली भारी भएको भन्दै कतिपयले तर्क गर्न थालेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ३ : ५६ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु