आजबाट अनेरास्ववियुको साझा कार्यालय, एकताका बाँकी काम चाँडै सक्ने « Khabarhub

आजबाट अनेरास्ववियुको साझा कार्यालय, एकताका बाँकी काम चाँडै सक्ने


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम छिट्टै सम्पन्न गरिसक्ने बताएका छन् ।

अनेरास्ववियुको कार्यालयको उद्घाटन गर्दै बिद्यार्थी मोर्चाको इन्चार्जसमेत रहेका नेता शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम भदौभित्र सक्ने बताए ।

पार्टी एकीकरणपछि पनि अलग–अलग कार्यालय चल्दै आएको अनेरास्ववियुको दुवै कार्यालय आजबाट एउटै भएका छन् । तत्कालिन अनेरास्ववियु क्रान्तिकारीको कार्यालय रहेको कार्यालय अब अनेरस्वियुको कार्यालय हुने भएको छ ।

बिहीबार भएको कार्यक्रममा अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले पदभार ग्रहण पनि गरेका छन् । कार्यालयको उद्घाटनमा इन्चार्ज शाक्यले एकता प्रक्रियाको बाँकी काम सम्पन्न गर्न समस्या र सम्भावनामा छलफल चलिरहेकोले छिट्टै टुंगोमा पुग्ने बताए ।

पदभार ग्रहणपछि संयोजक महर र सहसंयोजक तामाङले एकताको बाँकी काम सम्पन्न गरेर संगठन स्ववियु निर्वाचनको तयारीमा जुट्ने बताए ।

साझा कार्यालय उद्घाटन र पदभार ग्रहण कार्यक्रममा तत्कालिन अनेरास्वियु र अनेरास्ववियु क्रन्तिकरका पूर्व अध्यक्षहरु पनि सहभागी थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ३३ बजे

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त, लिए शपथ

काठमाडौँ – नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मन्त्रीको निर्देशनपछि सर्त उल्लङ्घन गर्ने बालाजु क्षेत्रको उद्योगको पानी र बिजुली काटियो

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बालाजु

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स ज्योति