यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित ३ जना पक्राउ « Khabarhub

यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित ३ जना पक्राउ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– यातायात कार्यालय धनगढी कैलालीका निमित्त प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

गाडी बिक्री गरेवापत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख शाखा अधिकृत गम्भीर सिंह विष्ट, शाखा अधिकृत(सातौँ तह)भुवन जोशी र अधिकृत छैटौँ तहका जयराज कारिगरलाई १ लाख ६६ हजार एक सय रुपैयाँसहित रंगेहात नियन्त्रणमा लिएको आयोगको शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले प्रशासनलाई बताए ।

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : ०० बजे

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर