पैसा नदिएपछि नरिवल व्यापारीमाथि प्रहरीले गरे हातपात (भिडियो सहित) « Khabarhub

पैसा नदिएपछि नरिवल व्यापारीमाथि प्रहरीले गरे हातपात (भिडियो सहित)


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जनकपुर- सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल बनेको छ । मुस्कानसहितको सेवा दिने प्रहरीले एउटा व्यापारीमाथि गरेको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

जनकपुरको फुटपाथमा नरिवल बेचेर गुजारा गर्ने एक किशोरलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गर्ने युवालाई प्रहरीले हातपात गरेका छन् ।

बिहीबार दिउँसो जानकी चोकस्थित नरिवल व्यापारीलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । जानकी मन्दिरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले नरिवल बेचेर जीवन निर्वाह गर्दै आएका रोशन चौधरीलाई कुटपिट गरेका थिए ।

चौधरीले आफूसँग प्रहरीले सुरुमा मसँग पैसा मागेको र पैसा नदिएपछि गालामा हिर्काएको बताएका छन् । भिडियो सार्वजनिक भएको थाहा पाएपछि ती पर्यटक प्रहरीले भिडियो सार्वजनिक गर्ने सुशील कर्णमाथि पनि हातपात गरेका छन् ।

घटना विषयमा छानविन जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : २८ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा