काठमाडौंमा रेबिजका बिरामी बढे « Khabarhub

काठमाडौंमा रेबिजका बिरामी बढे


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक दुई सय जना कुकुरले टोकेर रेबिजविरुद्धको सुई लगाउन आउने गरेका छन् ।

‘दैनिक रूपमा दुई सयको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन आउनेको सङ्ख्याले पनि प्रष्ट हुन्छ । काठमाडौँ उपत्यकामा धेरै मानिसलाई कुकुरले टोक्ने गरेको छ । कोही व्यक्ति भने लक्षण देखिसकेपछि उपचारका लागि आउने गर्छन्,’ अस्पतालका प्रवक्ता तथा प्रमुख कन्सलटेन्सी डा. अनुप बास्तोलाले
जानकारी दिए ।

रेबिजविरुद्धको सुई लगाएमा रेबिजको कारण मानिसको मृत्यु नहुने जानकारी दिँदै बास्तोलाले कतिपय मानिसहरू कुकुरले टोकेको हो, केही हुन्न भन्दै घर बस्नाले मृत्युको मुखमा पुगेको बताए ।

अस्पतालका अनुसार सरुवा रोग अस्पतालमा मात्र वार्षिक ३० जनादेखि ४० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने सुई लगाएमा रेबिज नलाग्ने भन्दै उनले कुकुरले टोकेर सुई लगाउन नआउँदा कतिपयको मृत्यु हुने गरको जानकारी दिए ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा. रोशिका श्रेष्ठले नेपालभर रेबिजका कारण वार्षिक एक सय जनाको मृत्यु हुने गरेको जानकारी दिए । उनले दुई लाखभन्दा बढी डोज ‘एन्टी रेबिज भ्याक्सिन’ खपत हुने गरेको जानकारी दिँदै रेबिजविरुद्ध व्यापक रूपमा जनचेतना जगाउनुपर्ने बताए ।

सरुवा रोग अस्पतालका प्रवक्ता डा. बास्तोलाले दिगो विकास लक्ष्य प्राप्तिका लागि सन् २०३० सम्म मानिसमा हुने रेबिजको मृत्युदर शून्यमा पुर्‍याउने लक्ष्य लिइएको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ६ : ४३ बजे

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोर के (Galaxy 4K) टेलिभिजनलाई १५

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५